लिलाराज झापाली , ११८४१ पटक हेरिएको
कनकाई-झापाको कनकाई नगरपालिका ३, कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले आफ्नो जन्मदिनको फजुल खर्चलाई कटाएर गाउँमा सडक बत्ती लगाउनुभएको छ ।
रमेशको आज जन्मदिन हो । उहाँले हिजैका दिनबाट आफ्नो गाउँमा निजि खर्चमै सडकबत्ती वालिदिनुभएको हो । मैले साथीभाई भेला पारेर पनि पार्टी दिनैपर्दथियो । सो फजुल खर्च रोक्दा कम्तीमा मेरो गाउँमा साँझ विहान सबैले हिडन पाउने भए ।
रमेशले भन्नुभयो । आफ्नो गाउँमा बाटो निर्माण र सडक वत्तीका वारेमा तीनै तहका सरकारलाई भन्दा भन्दा थाकेको बताउने रमेश जनता आफै नजागिकन सरकारको मुख मात्रै ताक्दा गाउँ र समाज पछि परेको बताउनुहुन्छ । जन्मदिनको पार्टी खाएको भए एकदिनमै सकिने थियो तर यो सडक वत्ती वाल्दा महिनौ उज्यालोमा हिडन पाइने भयो स्थानीय देउमान राइले भन्नुभयो । रमेशले यसअघि आफ्नो छोराको जन्मदिनमा समेत खेलाडीलाई खेल सामाग्री र अनाथआश्रमका केटाकेटीलाई खानेकुरा वितरण गरेर मनाएका थिए ।
प्रकाशित मिति: २०२२-०५-२४ , समय : १८:४३:४६ , ३ वर्ष अगाडि