झापा एक्सप्रेस , २८६२१ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिकामा झापा उद्योग वाणिज्य संघ खोल्ने तयारी थालिएको छ।कनकाई उद्योग वाणिज्य संघकै माताहतमा चलेको झापा गाउँपालिकाले पछिल्लो समय आफ्नै छुट्टै वाणिज्य संघको स्थापना गर्न लागेको हो।
आज सुक्रबार झापा-३ स्थीत कामाटोली बजारमा बसेको उद्योग व्यवसायीहरुको प्रतिनिधि मुलक भेलाले पालिका भित्र उद्योग वाणिज्य संघको गठन प्रक्रिया अगाडि बढाउन असार १० गते झापा-२ झापा बजारमा रहेको रेडक्रस भवनमा आम उद्योग व्यवसायीहरुको भेलाबाट समिति गठन गर्ने निर्णय गरेको छ।
भेलाले उक्त आम भेला आयोजनाका लागि समेत मनोज खत्रीको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ।जसमा विष्णुप्रसाद गणेश,भविन्द्र भण्डारी,प्रेम सागर मण्डल,झक्कुलाल केवरत र शुशिलराज जोशी सदस्य रहेका छन् ।
भेलाले झापा गाउँपालिका स्तरीय उद्योग वाणिज्य संघ गठनका लागि र संगठन संचालनका लागि बजेटको आवश्यकता हुँदा झापा गाउँपालिका सँग बजेट माग गर्ने समेत निर्णय गरेको छ।
प्रकाशित मिति: २०२२-०६-१७ , समय : १७:४२:१२ , ३ वर्ष अगाडि