झापा एक्सप्रेस , २५०१० पटक हेरिएको
शरणामती।झापा गाउँपालिकामा व्यवसायी राजेन्द्रप्रसाद अग्रवालको अध्यक्षतामा नेपाल चेम्बर अफ कमर्स झापा गाउँपालिकाको तदर्थ समिति गठन गरिएको छ।शनिवार झापा-२ झापा बजारमा बसेको उद्योग व्यवसायीको भेलाले अग्रवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो।
भेलाले उपाध्यक्षमा लक्ष्मी गणेश र सचित्र वर्मन,सचिवमा मोहन मिश्र,सह-सचिवमा पशुपती गणेश र कोषाध्यक्षमा विकास अग्रवाललाई चयन गरेको छ।
प्रदेश नम्बर १ उपाध्यक्ष तथा झापा चेम्बरका संस्थापक अध्यक्ष सन्तोष अग्रवाल,झापा चेम्बरका अध्यक्ष ओमकृष्ण बिमली,झापा चेम्बर उपाध्यक्ष याम बिमली,सचिव बिरोध सुवेदी साथै कनकाई चेम्बरका अध्यक्ष मिनाल तिम्सीनाको उपस्थिति साथै स्थानीय उद्योग व्यवसायीको उपस्थीतीमा झापा गाउँपालिका चेम्बरको गठन गरिएको विकाश अग्रवालले बताए।
प्रकाशित मिति: २०२२-०६-१८ , समय : २०:३६:१५ , ३ वर्ष अगाडि