झापा एक्सप्रेस , १९६६६ पटक हेरिएको
झापा-जिल्ला समन्वय समिति झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ ।
आज ९ सदस्यीय जिल्ला समन्वय समितिको प्रमुखमा विश्व वराल, उपप्रमुखमा शान्ता रोक्का र सदस्यहरुमा देवका वस्याल, तुलसा काफ्ले वराल, जुनु महरा, सन्तोस सोरेन, जलाल अलि, कपिल काफ्ले र रिता नेपालीको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिनुभयो ।
९ सदस्यीय समन्वय समितिमा एमालेले एकल उम्मेदवारी दर्ता गराएको हो । मंगलवार मनोनयन दर्ता र बुधवार दावी विरोधको कार्यक्रम रहेको निर्वाचन कार्यालयका प्रमुख नेपालले बताउनुभयो । दावी विरोध नभए सबैजना निर्विरोध निर्वाचित हुने समेत नेपालले जानकारी दिनुभयो । झापामा १५ स्थानीय तहमा एमालेको एकल बहुमत जुटेको छ ।
प्रकाशित मिति: २०२२-०६-२१ , समय : २०:०७:४१ , ३ वर्ष अगाडि