झापा एक्सप्रेस , २५६२१ पटक हेरिएको
शरणामती।चालू आर्थिक वर्षमा कक्षा ९ मा अध्ययन गर्ने छात्रालाई मात्र साइकल वितरण गर्दै आएको झापा गाउँपालिकाले आगामी आर्थीक वर्ष २०७९ र ८० मा छात्रछात्रा दुबैलाई साइकल वितरण गर्ने भएको छ।
शुक्रबार बाह्रौं गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अन्जुदेवी थपलियाले कक्षा नौमा अध्ययन छात्रछात्रालाई साइकल वितरण गर्नका लागि ४१ लाख विनियोजन गरिएको बताइन।
उनले सामाजिक विकास अन्तर्गत शिक्षाका विकासका लागि २० लाख,विद्यालयको भौतिक सुधार तथा व्यवस्थापन एवम् जनता र डिल्लीराज माविमा निशुल्क प्लस टु शिक्षा प्रदान गर्नका लागि ७० लाख,विभिन्न प्रकारका छात्रवृत्ति कार्यक्रम(मुस्लिम,एस.ई.ई मा प्रथम गर्ने विद्यार्थी,प्राविधिक शिक्षा,तुस्रा हेमरम छात्रवृत्ति ) का लागि ६ लाख ५० हजार,विद्यालय संचालन अनुदान ५ लाख २५ हजार,स्थानीय पाठ्यक्रम निर्माण तथा पाठ्यपुस्तक छपाई १० लाख,शिक्षक सुचना प्रविधि तालिमका लागि ५ लाख र झापा नमुना कलेज संचालन गर्नका लागि १० लाख विनियोजन गरिएको बताइन।
प्रकाशित मिति: २०२२-०६-२५ , समय : ०७:२४:०८ , ३ वर्ष अगाडि