हामीले यो देशलाई अस्थिर राजनीतिबाट जोगायौं : अध्यक्ष नेपाल

न्युज कारखाना , १७००८  पटक हेरिएको

फाइल तस्बिर

काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले नेकपा एमालेबाट विद्रोह गरेर देशको अस्थिर राजनीतिक अवस्थाबाट बजाएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकपछि आयोजित कार्यक्रममा उनले यदि पार्टी फुटाएर अलग्गै नभएको भए लोकतन्त्र, संघीयता र संविधानमाथि आक्रमण हुन सक्ने अवस्था आइसकेको उनको भनाइ छ । यसकारण विद्रोह गरेर देश र नेपाली जनताको लागि ठिक काम गरेको दाबी गरे ।

कार्यक्रममा उनले प्रतिनिधिसधा र प्रदेशसभा निर्वाचनको लागि तयारीमा लाग्न पनि निर्देशन दिए । आगामी निर्वाचनमा कति स्थानमा उम्मेदवारी दिने भन्ने विषयमा विश्लेषण गर्न उनले निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति: २०२२-०६-२५ , समय : २०:०३:०८ , ३ वर्ष अगाडि

error: Content is protected !!