झापा एक्सप्रेस , २५४५४ पटक हेरिएको
शरणामती-अविरल वर्षाका कारण झापा गाउँपालिका-६ तल्लो चप्रमारी स्थीत सुरुङ्गा खोलामा लगाइएको तटबन्धनमा बाढीले क्षती पुर्याएपछी अस्थायी तटबन्धन निर्माण गरिएको छ।तल्लो चप्रमारीको टेलीकमको टावर देखी करिव ५०० मिटर पुर्व खोलाले बाँध कटान गर्न थालेपछी बाढी बस्तीमा नपसोस भनेर अस्थायी तटबन्धन निर्माण गरिएको सशस्त्र प्रहरी बल टाघनडुब्बाका प्रमुख सचिन प्रधानले झापा एक्सप्रेसलाई बताए।
बाँस र बोरामा बालुवा हालेर अस्थायी तटबन्धन निर्माण गरिएको हो।झापा वडा नम्बर ६ लगायत अन्य वडामा समेत बाँध कटानबाट हुने क्षती रोकिएको प्रधानले बताए। जनप्रतिनिधी,स्थानीय र सुरक्षाकर्मीले अस्थायी तटबन्धन निर्माण गरेका हुन् ।
यता गए राती देखि परेको अविरल वर्षाका कारण झापा गाउँपालिकाका अधिकांस स्थानको जनजीवन कष्टकर बनेको छ।बर्सेनि बाढीको उच्च जोखिममा रहेको झापा-१ को मिलनबस्तीका ९० घर परिवार डुबानमा परेका छन् ।सानो कनकाई माई र ठूलो कनकाई माईमा पानीको बहाव बढेपछी कक्षुदह,टप्पु,सडकबारी,खयरबारी लगायतका क्षेत्रमा जनजिवन कस्टकर बनेको स्थानीयले बताएका छन् ।
यता बाढीले सडकहरुमा समेत क्षती गरेको स्थानीयको भनाई छ।
प्रकाशित मिति: २०२२-०६-२८ , समय : २०:५५:२४ , २ वर्ष अगाडि