कनकाईमा पशु विमा अभियानको थालनी

झापा एक्सप्रेस , ११०१२  पटक हेरिएको

कनकाई-कृषि तथा पशुपालनका क्षेत्रलाई प्राथमिक्ताका साथ अघि बढाउँदै आएको झापाको कनकाई नगरपालिकाले पशु विमालाई थप व्यवस्थित बनाउँन विमा कम्पनीसँग सम्झौता गरेको छ ।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी तथा अभियान नेपालको सहजीकरणमा संचालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको पशु विमा कार्यक्रमकालागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नगर प्रमुख राजेन्द्र पोख्रेलको रोहबरमा हिमालयन इन्सोरेन्स कम्पनी विर्तामोडका प्रतिनिधि र परियोजना अन्तर्गतका प्रतिनिधि विच कनकाई नगरपालिकामा सम्झौता भएको बताइएको कनकाई वडा न १ का वडाअध्यक्ष रोसन राज पोख्रेल ले जानकारी दिनुभयो ।
कृषि तथा पशुपालनलाई नै मुख्य व्यवसाय बनाउँदै आएका कनकाई नगर क्षेत्रका कृषकहरुलाई लक्षित गरी नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र अभियान नेपालसँगको साझेदारीमा पाँच करोडको कार्यक्रम संचालनमा ल्याएको कनकाई नगर प्रमुख पोखरेले बताउनु भयो । यस कार्यक्रमबाट वास्तविक कृषकहरु प्रत्य रुपमा लाभान्वित हुने विश्वास लिएको नगर प्रमुख पोखरेल बताउँनुहुन्छ । पशुधनको विकास अनि संरक्षणकालागि यस अघि पनि कनकाई नगर क्षेत्रमा सप्ताह व्यापी पशुस्वास्थ्य शिविर संचालन भइसकेको बताइएको छ । यसै गरी पशु स्वास्थ्य विमाको कार्यक्रमलाई पनि अभियानका रुपमा अघि बढाइने लक्ष्य रहेको नगर उप प्रमुख मन्जु प्रसाईं को भनाइ छ । आफ्नै भूमिमा केही गर्न चाहने नगरवासीले अब विदेशिनु नपर्ने व्यवस्थाकालागि कनकाई नगरपालिकाले नगर समृद्धिका थप योजना अघि सारेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो।

कनकाईको पशु विमा कार्यक्रमकालागि संघीय सरकारबाट ८० प्रतिशत प्रिमियम अनुदानमा उपलव्ध हुने छ भने कनकाई नगरपालिकाबाट थप एक लाख रुपैंयाँ बराबरको प्रिमियम अनुदानमा व्यवस्थापन गरीएको परियोजनाका प्राविधिक संयोजक जीवन सुवेदीले बताउनु भयो। यस आधारमा एउटा पशु चौपायको एक लाख बराबरको बिमा गर्दा कृषकले ६ सय ५० रुपैंया मात्र बुझाउँनु पर्ने गरी सम्झौता भएको प्राविधिक सुवेदीको भनाई छ।

प्रकाशित मिति: २०२२-०३-०३ , समय : ०८:४१:५६ , ३ वर्ष अगाडि