झापा एक्सप्रेस , ३७९९१ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-१ स्थीत लसुनामा आफ्नै भाउजुलाई देवरले धारिलो हतियार प्रहार गरि फरार भएका छन् ।
झापा-१ लसुनाका दुखिया राजबंशीले आफ्नै भाउजु अन्दाजी ४० वर्षीया सिमसरी राजबंशीलाई धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको स्थानीयले बताएका छन् ।दुखियाले हतियार प्रहार गर्दै गरेको देखेका १४ वर्षीय बालक धनन्जय राजबंशी माथी पनी धारिलो हतियार प्रहार गरेका छन् ।
मंगलबार बिहान करिव ८.०० बजे घटना घटाएर दुखिया फरार बनेका थिए।घाइते दुबैको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ।धारिलो हतियार प्रहार गरी फरार रहेका दुखियाको खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ।
घाइते सिमसरीको हाल विर्तासिटी हस्पिटल बिर्तामोडको आइसिउ कक्षमा उपचार भइरहेको र घाइते धनन्जयको बिएण्डसीको आइसिउ कक्षमा उपचार भइरहेको प्रलाद कुमार राजबंशीले जानकारी दिए।
प्रकाशित मिति: २०२२-०७-१३ , समय : ०७:०१:३४ , ३ वर्ष अगाडि