झापा एक्सप्रेस , २५१९५ पटक हेरिएको
शरणामती-नागरिक सैनिक सम्बन्ध विस्तार योजना अन्तरगत झापा गाउँपालिका-७ मदरगाछमा रहेको जनकल्याण माद्यमिक विद्यालयमा बनेको दुई कोठे विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपाली सेनाद्धारा निर्मित २ कोठे विद्यालय भवन विद्यालयलाई आज आइतबार हस्तानतरण गरिएको हो।
एक कार्यक्रमका बीच नेपाली सेनाको पुर्वी कमाण्ड सेनापति उपरथी सहदेव खड्काले विद्यालयका प्रधानध्यापक पदमप्रसाद अधिकारी लाई हस्तानतरण गर्नुभयो । कुल ३२ लाख १८ हजार ८ सय ५५ रुपैँयाको लागतमा विद्यालयको सौचालय, सभाहल र एउटा कक्षा कोठाको निर्माण गरिएको हो । भवन हस्तानतरण कार्यक्रममा बोल्दै सेनापति खड्काले नेपाली सेना जनतासँग पनि सहयोग सदभाव र मिलेर काम गर्न तयार छ भन्ने शन्देश प्रवाह गर्नका लागि झापामा सो भवन बनाइएको बताउनुभयो ।
सेनाले नागरिकसँग सधै साथ र सहकार्य गर्न तयार रहेको समेत खडकाले बताउनुुभयो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले नेपाली सेनाको उक्त कार्यले नागरिक र सेनाको सम्बन्ध अझ वढेर गएको बताउँदै ग्रामिण क्षेत्रको शिक्षामा सेनाको यस कार्यले ठुलो राहत मिलेको बताउनुुभयो ।
कार्यक्रममा झापा गाउँपालिका ७ नम्बरका वार्ड अध्यक्ष सखिचन्द्र ठाकुर,प्रधानाध्यापक अधिकारी,व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ लम्साल लगायतले नेपाली सेनाको कार्यले सेना नागरिकको सम्बन्ध सुमधुर बनेको बताउनुभयो ।कार्यक्रममा श्री नयाँ श्रीनाथ गणका गणपती,बाहिनीपती,सकलदर्जा,नेपाल प्रहरी,शसस्त्र प्रहरीका झापा जिल्ला प्रमुख लगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति: २०२२-०७-३१ , समय : १९:२७:२० , २ वर्ष अगाडि