रासस , १२८५४ पटक हेरिएको
डोटी-सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले आज जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान कार्यक्रममा उहाँले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताउनुभयो ।
मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानुन बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गर्नुभयो । उहाँले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले माओवादीका नेता कार्यकर्ता सहरमुखी नभएर गाउँमुखी हुनुपर्नेसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीका नेताहरु सहरमा होइन अब गाउँमा जनता माँझ जानुपर्छ, आफ्ना योजना, कामका बारेमा जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।”
प्रकाशित मिति: २०२२-०८-०१ , समय : १९:२५:३३ , २ वर्ष अगाडि