झापा एक्सप्रेस , १५४४९ पटक हेरिएको
झापा-झापा क्षेत्र नम्बर ४ का सांसद एलपी साँबा लिम्बुले झापाको कनकाई नदि कटानलाई तत्काल आपतकालिन नदि नियन्त्रण गर्न सरकार समक्ष माग गर्नुभएको छ ।
सांसद बैठकमा बोल्दै सांसद लिम्बुले बर्खाको यस समयमा आफ्नो निर्वाचन क्षेत्रमा झापाकै ठुला नदिहरुले कटान तीव्र पारिरहेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभएको छ ।
कनकाई र विरिङको कटानले सयौ विगाह जमिन कटान र सयौ घरपरिवार विस्तापित बनिसकेको भन्दै यस क्षेत्रमा तत्काल आपतकालिन नदि नियन्त्रण गर्न सरकारसमक्ष आग्रह गर्नुभएको छ । सांसदमा वोल्दै सांसद साँबाले यस क्षेत्रका अन्य साना नदिहरु सुरुङ्गा खोला, भालु खोला, कमल, कमल बनियानी, सताक्षी झर्ना, किस्ने, सानो माई, डुडामारी, झिलझिले, लेलिया समेतको कटानले कृषि योग्य जमिनलाई बगरमा परिणत गरिरहेको भन्दै यी नदिहरुमा समेत तत्काल आपतकालिन बाँध निर्माणका लागि सरकारसमक्ष ध्यानआकर्षण गराउनुभएको छ । यी नदिहरुबाट विस्तापितहरुको लागि तत्काल राहत उपलब्ध गराउन समेत सरकारसमक्ष ध्यानआकर्षण गराउनुभएको छ ।
कनकाई नदिले शिवसताक्षी १० महेन्द्र राजमार्ग उत्तर र पश्चिममा कटान निरन्तर भइरहेको र घरपरिवार समेत विस्तापित गराइरहृेको , शिवसताक्षी ५ को भेरामुनि पुर्वपट्टि समेत निरन्तर कटान भइरहेको , विरिङ नदिले झापा गाउँपालिकाका विभिन्न वस्तीहरु चन्द्रावस्ती नजिक, राधावस्ती, पंथपाडा र खयरवारी क्षेत्रमा क्षेत्रमा अत्यन्त जोखिम बनाएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभको छ ।
प्रकाशित मिति: २०२२-०८-०९ , समय : २०:१७:११ , २ वर्ष अगाडि