नेपालीले समय हेर्न वार्षिक एक अर्बभन्दा बढी खर्च गर्छन्

न्युज कारखाना , १७१६०  पटक हेरिएको

काठमाडौं-नेपालमा एक वर्षमा एक अर्बभन्दा बढीको विभिन्न प्रकारका घडीहरु भित्रने गरेका छन् ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मुल्य बराबरको घडी नेपालले आयात गरेको हो ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले १ अर्ब १० करोड १६ लाख ७९ हजार रुपैयाँको घडी भित्रिएको विभागले जनाएको छ ।

सो अवधिमा उक्त मुल्यमा ९० भन्दा बढी विभिन्न प्रकारका घडी नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

गत वर्ष ७७ करोड ३ लाख ८२ हजार रुपैयाँको नाडी घडी नेपालमा भित्रिएको छ । सोही सयमा ७ करोड ३४ लाख ९५ हजार रुपैयाँको भित्ते घडी भित्रिएको देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ६४ करोड ५८ लाख ९० हजार रुपैयाँको विभिन्न प्रकारका घडी नेपालले आयात गरेको थियो ।

प्रकाशित मिति: २०२२-०८-१६ , समय : २०:०७:३८ , २ वर्ष अगाडि

error: Content is protected !!