झापा एक्सप्रेस , २०००७ पटक हेरिएको
![](https://www.jhapaexpress.com/wp-content/uploads/2022/08/FB_IMG_1660746242415.jpg)
शरणामती-कनकाई अनलाईन/कनकाई साप्ताहिकका सम्पादक/प्रकाशक तथा गोरखापत्र दैनिकका बिर्तामोड समाचारदाता लीलाराज झापालीले यस बर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।
झापाको बिर्तामोडमा बुधवार पुर्व सुचना तथा संचार मन्त्री सांसद राम कार्की पार्थ र प्रदेश सरकारका कृषि मन्त्री झलकर्सिह दर्लामी मगरले नगद २१ हजार राशी सहितको २०७९ सालको उक्त पुरस्कार झापालीलाई प्रदान गर्नुभयो । प्रेस सेन्टर झापाद्धारा स्थापति उक्त पुरस्कार २०७७ सालको पत्रकार जिएन शर्मा र २०७८ सालको राजु पाठकलाई प्रदान गरियो ।
दुबै पुरस्कारको राशी समान २१ हजार रहेको छ । कार्यक्रममा बोल्दै पुर्व सुचना तथा संचार मन्त्री रामबहादुर कार्कीले समाज परिवर्तनका लागि कलम चलाएकै भरमा राज्यद्धारा डि कौडिन्य जस्ता पत्रकारको हत्या गरिएको भन्दै अझैपनि समाज परिवर्तनका लागि मिशन पत्रकारिता जरुरी रहेको बताउनुभयो ।
प्रदेश कृषि मन्त्री झलकसिंह दर्लामीले डि कौडिन्यले बगाएको रगतबाट मात्रै यो सब परिवर्तन सम्भव भएको बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, पत्रकार महासंघ प्रदेशका महासचिव विवेक गौतम, कोषाध्यक्ष बिमल लामिछाने, जिल्ला उपाध्यक्ष केशव भट्टराई माओवादी केन्द्र झापाका संयोजक अग्नि, पत्रकार डि कौडिन्यकी धर्मपत्नी यमुना आचार्य , सम्मानित पत्रकार जीएन शर्मा लगायातले मन्तव्य राख्नुभएको थियो ।
जनपक्षिय पत्रकार देवकुमार आचार्य डि कौडिन्यलाई मिति २०५९ साल साउन ७ गते झापामा तत्कालिन शाही नेपाली सेनाद्धारा हत्या गरिएको थियो । उहाँको नामबाट हरेक बर्ष एकजना पत्रकारलाई सम्मान गरिदै आएको छ ।
कार्यक्रम उद्धव पुरीको संचालन तथा प्रेस सेन्टरका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको स्वागत उपाध्यक्ष पार्थ मण्डलले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-०८-१७ , समय : २०:१०:०९ , २ वर्ष अगाडि