झापा एक्सप्रेस , ८३२२ पटक हेरिएको
शरणामती-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा आउने भएका छन् । पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन फागुन २३ गते झापा आउने कार्यक्रम तय भएको हो ।
राष्ट्रिय राजनीतिको चर्चामा प्रभावशाली स्थान बनाएका लिङ्देनले २४ गते झापा गाउँपालिका-७ मदरगाछमा आयोजित पार्टीको भेलालाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । झापा आएलगत्तै उनी स्वागत सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने राप्रपा झापा गाउँपालिकाका खगेन्द्र सिलवालले जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०३-०६ , समय : १८:५९:५७ , ३ वर्ष अगाडि