झापा एक्सप्रेस , ३१९६३ पटक हेरिएको
शरणामती।सनराइज बैंक लिमिटेड (SRBL) ले झापाको झापा गाउँपालिका-६ स्थित शरणामती बजारमा ९५ औं शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउदै जाने रणनीति अनुसार उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले गरे । सो अवसरमा बैंकका प्रदेश नम्बर १ प्रमुख विवेक कुमार निरौला,बिर्तामोड शाखा प्रमुख गणेश गुरागाईं,झापा गाउँपालिका-७ का वडाध्यक्ष सखिचन्द्र ठाकुर,स्थानीय समाजसेवीहरु बसुन्धरा थपलिया,रुद्र बजगाई लगायतले शरणामती बैंकिङ्ग सेवाका एजेन्ट प्रतिनिधि भक्त बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तरगत फिङ्गर प्रीन्ट मार्फत कारोबार गर्न सकिन्छ ।
शाखा रहित सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि साहले सनराइज बैंक झापा गाउँपालिकाबासीको वित्तिय कारोबारमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे।उनले झापा गाउँपालिकामा दुइ मात्र बैंक भएको र सनराइज बैंकले समेत आफ्नो सेवा बिस्तार गरेकोले अब जेष्ठ नागरिकलाई भत्ता वितरणमा सहज हुने बताए।
बैंकका सुरुङ्गा शाखाका प्रमुख तेज थापामगरले संचालन गरेको कार्यक्रममा बिराट चौक शाखाका प्रमुख कुमार खड्काले स्वागत मन्त्यव्य राखेका थिए।
प्रकाशित मिति: २०२२-०८-२६ , समय : १४:५९:३७ , २ वर्ष अगाडि