झापा एक्सप्रेस , ३४०४० पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-५ मा रहेको पुरानो बजार पुरानो शरणामती बजारलाई व्यवस्थित बजार बनाउन यहाँका युवाले चासो देखाएका छन् ।
आज शनीवार नवदुर्गा बजार व्यवस्थापन,अनुगमन तथा उपभोक्ता समितिको प्रारम्भिक साधारण सभा गर्दै यहाँका युवाले बजारको विकासप्रती चासो देखाएका हुन् ।
समितिका अध्यक्ष ओमप्रकास गणेशको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सदस्य रबिन गणेशले बजारको पृष्ठभुमि बारे बताएका थिए।
कार्यक्रममा समितिका अध्यक्ष गणेशले वार्षिक नीति तथा कार्यक्रम सुनाएका थिए।उनले निति तथा कार्यक्रममा बजारमा स्वच्छ पानीको व्यवस्थापन,टहरा,ढल,सौचालय निर्माण,बैठक हलको व्यवस्थापन आदी महत्वाकांक्षी योजना समेटेका छन् ।
बजार समितिमा अधिकांस सदस्य युवा रहेका छन।युवाहरुले पुरानो शरणामती बजारको विकासका लागि अधिकतम उर्जा र सक्रियता खर्च गर्ने युवाहरुले प्रतिवद्दता जनाएका छन् ।
समितिका सचिव देवप्रसाद गणेशले संचालन गरेको कार्यक्रममा सल्लाहकार समितिका संयोजक कमल प्रसाद गणेशले स्वागत मन्तव्य राखेका थिए।
प्रकाशित मिति: २०२२-०८-२७ , समय : २०:२३:३७ , २ वर्ष अगाडि