झापा एक्सप्रेस , १३४४५ पटक हेरिएको
शरणामती।झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एल.पी सावाँ लिम्बुले झापा गाउँपालिका-३ को कत्लामारीमा रहेको मुस्लिम गर्ल्स मदरसालाई देशकै नमुना मदरसा बनाउने अभियानमा आफू जुटेको बताएका छन् ।मदरसामा सोमबार भएको एक दिवसीय मुस्लिम धार्मीक जल्सा कार्यक्रमलाई सम्बोधन गर्दै सावाँले मदरसालाई देशकै नमुना मदरसा बनाउने अभियानमा जुटेको बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि रहेका सावाँले मदरसामा भएका परिवर्तनलाई एउटा लामो कालखण्ड पछिको परिवर्तन भएको बताए।उनले बर्तमान अबस्थामा मुस्लिम दाजु-भाइको मेहनतले नै मदरसा निर्माण हुन थालेको बताउदै नेपालमा शिक्षा सुधारका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सुचारु गरेको बताए।´राष्ट्रपति शैक्षिक सुधारमा मदरसालाई जोडौ,सबै लागौं यस अभियानमा,म पनि लाग्छु `उनले भने।
मदरसामा अहिले स्थानीय तहले एक मात्र शिक्षकलाई तलब दिएको बताउदै मदरसामा पनि थप शिक्षकको लागि पालिकामा पहल गर्नु पर्ने बताए।पहल गरौं म पनि गर्छु उनले थपे।
मुस्लिम धार्मिक जल्साका पुर्व अध्यक्ष जेवुल हकको अध्यक्षतामा भएको कार्यक्रममा सागिरथ गणेश,जगरनाथ पौडेल,देबी अधिकारी,टीका विश्वकर्मा,यासिन आलम,अबदुल कलाम,सन्तोस नेपाल,टंक बिश्वकर्मा,फरमान सेक,जलाल अली,साजेमान सेक,लिलाराज झापाली,भागिरथ गणेशको आतिथ्यता रहेको थियो।
उजाल अलिले स्वागत गरेको कार्यक्रममा देवी अधिकारी,साजेमान सेख,सागिरथ गणेश लगायतले शुभकामना मन्त्यव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन वासीद अलीले गरेका थिए।
प्रकाशित मिति: २०२२-०३-०८ , समय : १०:१२:०२ , ३ वर्ष अगाडि