कृषि अवार्डबाट नगद एक लाख सहित झापा गाउँपालिकाका बस्नेत सम्मानित

झापा एक्सप्रेस , २७०९९  पटक हेरिएको

शरणामती।युथ एग्री अवार्ड २०७९ बाट नगद एक लाख सहित झापा गाउँपालिका-३ का चन्द्रप्रसाद बस्नेत सम्मानित भएका छन् ।उनले सो अवार्ड प्रदेश नम्बर १ का तर्फबाट उत्कृष्ट भएर पाएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादवले बस्नेत सहित सवै प्रदेशका सातै जनालाई अवार्ड प्रदान गरेका थिए।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपालस्थित इजरायली राजदूताबासको सँयुक्त आयोजनामा बिहिबार राजधानीमा यूथ एग्री अवार्ड २०७९ वितरण गरिएको हो।

प्रत्येक प्रदेशबाट ३-३ जना नोमिनेशन गरिएको थियो। जसमध्ये एक-एक जनालाइ उत्कृष्ट घोषणाागरि एक लाखको दरले पुरस्कार दिइएको थियो।पुरस्कारका लागी इजरायलबाट फर्केका र हाल उद्यमी बनेकालाई छनौट गरिएको थियो।

पुरस्कृत हुनेहरुमा प्रदेश-१ बाट बस्नेत सहित मधेश प्रदेशबाट सन्तोषकुमार यादव, बागमतिबाट युद्ध न्यौपाने, गण्डकीबाट शिवकुमार आले, लुम्बिनीबाट सृजना थारु, कर्णालीबाट दीपेन्द्र कार्की र सुदुरपश्चिमबाट विमल भण्डारी रहेका छन्।

झापा गाउँपालिकाका बस्नेत केराखेतीका लागी नमुना कृषक मानिन्छन।

प्रकाशित मिति: २०२२-०९-०९ , समय : ०७:०५:१८ , २ वर्ष अगाडि

error: Content is protected !!