झापा एक्सप्रेस , ३६२७६ पटक हेरिएको
कबिता-भड्किएका आत्मा
भड्किएका आत्मा, कड्किएका आत्मा
कतै कतै तर्किएका आत्मा ।
परमात्माको खोजीमा,
नर्कको बाससँगै अड्किएका आत्मा ।
ज्युँदो हुँदा गुन्द्रि नपाएको,
मरे पछि पलङ्गको आशमा,
मडारिएका आत्मा ।
आन्द्रा सुकेका, मान्द्रा छुटेका,
आज पिण्डको खोजीमा,
रन्थनिएका आत्मा ।
थरी थरीका जातमा,
मरी मरीका आत्मा ।
उद्धारको चटारोमा,
पितृ पक्षमा टाउको मुण्ड्याई,
व्याञ्जन झुण्ड्याई,
पिण्ड लडाई,
झुक्किरहेका आत्मा ।
लखतरान भई,
पुस्तादर पुस्ता,
सन्तानदर सन्तान,
भड्किरहेका आत्मा ।
भड्किरहेका आत्मा ।।
लेखक-उदय मैनाली
प्रकाशित मिति: २०२२-०९-०९ , समय : १९:०७:२० , २ वर्ष अगाडि