नेपाल निजामती कर्मचारी संगठन झापा गाँउपालिका समितिको अध्यक्षमा गौरव संग्रौला

झापा एक्सप्रेस , १६५९९  पटक हेरिएको

शरणामती।नेपाल निजामती कर्मचारी संगठनको झापा गाउँपालिका समितिको अध्यक्षमा गौरव संग्रौला सर्वसम्मत चयन भएका छन् ।मंगलबार झापा-६ शरणामतीमा भएको कर्मचारीको भेलाले संग्रौलालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

नेपाल निजामती कर्मचारी संगठन झापा जिल्ला अध्यक्ष केदार पोखरेलको अध्यक्षता र नेपाल निजामती कर्मचारी संगठन केंद्रीय समिति सचिवालय सदस्य एवं अधिकारिक ट्रेड यूनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईंको प्रमुख आथित्यतामा भएको कर्मचारी भेलाले उपाध्यक्षमा दिपेन्द्र नेउपाने,महिला उपाध्यक्षमा रिता वर्देवा,सचिवमा मनीस गुरागाई,कोषाध्यक्षमा सावित्रा गुरागाई,सदस्यहरु एकनाथ गणेश,हिमाल मिश्र,चन्द्रमणी तिमल्सिना,रामजी अधिकारी ,रण बहादुर राई,टिका गुरागाई लाई चयन गरेको छ ।भेलाले सल्लाहकारमा खेमराज थापा र लक्ष्मी खतिवडालाई चयन गरेको छ।

कर्मचारी भेलामा मनोज ताम्ली , हिम ब कार्क़ीको बिशेष आथित्यता रहेको थियो ।कार्यक्रमको संचालन निजामती कर्मचारी संगठन ज़िल्ला समिति कोषाध्यक्ष कृष्ण सूबेदीले गरेका थिए ।

प्रकाशित मिति: २०२२-०३-०८ , समय : १८:३३:५१ , ३ वर्ष अगाडि