झापा एक्सप्रेस , ९०५२ पटक हेरिएको
शरणामती ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले आफ्नो पार्टीलाई एकचोटी भोट दिएर जिताएर हेर्न आग्रह गरेका छन् ।मंगलबार झापाको झापा गाउँपालिका-७ मदरगाछमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्गदेनले यस्तो आग्रह गरेका हुन् ।
लिङ्देनले मुलुकमा प्रजातन्त्र,लोकतन्त्र र गणतन्त्रको नाममा लुटतन्त्र भएको आरोप लगाए । राप्रप्रालाई जिताएर हेर्नुहोस मुलुकलाई परिवर्तन गर्ने जिम्मा हामी लिन्छौ उनले भने ।
राप्रपा सरकारमा आउँछ कि भनेर राजाको हाउगुजीले बेला-बेला यी दलहरुलाई सताउने गर्छ लिङ्देनले थपे “अब जनतालाई सहि गलत थाहा भइसकेको छ।राप्रपामा प्रवेश गर्नेको लहर बढेको छ,आउनुहोस अब रोजगार,स्वास्थ्य,शिक्षा सहितको सुन्दर देश निर्माण गरौ लिङदेनले थपे।
उनले भारत बिहारका नेता लालुप्रसाद यादवको कहानीलाई जोड्दै काँग्रेस,एमाले,माओवादीले जनता भुल्याएको आरोप लगाए।अब हामीले सही नेता चुनौ,गल्ती हाम्रो हो अब सच्चिउँ उनले भने।
राप्रपा झापा गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु अन्जर आलम,तारामाया राई,अमर बहादुर विष्ट लगायतले शुभकामना मन्त्यव्य राखेका थिए।
गाउँपालिका समितिका सचिव भविन्द्र भण्डारीले संचालन गरेको कार्यक्रमा विभिन्न पार्टीमा रहेका ७० जनाले उक्त पार्टी परित्याग गरि राप्रपा प्रवेश गरेको बताइएको छ ।नवप्रबेशीहरुलाई केन्द्रीय अध्यक्ष लगायतका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए।
प्रकाशित मिति: २०२२-०३-०८ , समय : २०:१२:५१ , ३ वर्ष अगाडि