झापा एक्सप्रेस , ३१४६० पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका वडा नम्बर ४ का सम्पूर्ण विद्यालय,मदरसा र स्वास्थ्यकर्मीहरुले कार्यालय समयमा कुनै राजनीतिक दलमा सक्रिय रहन नपाउने भएका छन् .
आज बुधबार वडाध्यक्ष मोहमद ताहिरको अध्यक्ष्यतामा बसेको बैठकले उक्त निर्णय गरेको हो .वडा नम्बर ४ का सम्पूर्ण विद्यालय,मदरसा साथै स्वास्थ्यमा कार्यरत कर्मचारीहरुले आफ्नो कार्यालय समयभरी कुनै पनी राजनीतिक क्षेत्रमा सक्रिय हुन नपाउने निर्णयमा उल्लेख छ .साथै बैठकले गुणस्तर शिक्षाका लागी सम्पूर्ण विद्यालय तथा मदरसाहरुमा तत्काल अनुगमन समेत गर्ने निर्णय गरेको छ .
निर्णय मात्र गर्ने कि कार्यान्वयन पनि हुन्छ भन्ने झापा एक्सप्रेसको प्रश्नमा यस निर्णयको कार्यान्वयन नभए मास्लो निकाय सम्म पुगेर भए पनि कार्यान्वयन गरेरै छोड्ने वडाध्यक्ष ताहिरले बताए .
प्रकाशित मिति: २०२२-०९-२१ , समय : १९:३९:५५ , २ वर्ष अगाडि