सावाँको क्षेत्रमा नन्दराज राई,भन्छन् राज्यले दिने तलब भत्ता सामाजिक सेवामै खर्च गर्छु

झापा एक्सप्रेस , २१७९१  पटक हेरिएको

शरणामती।मुख्य राजनैतिक दलले उम्मेदवारको टुङ्गो नलगाउँदै झापामा स्वतन्त्र उम्मेदवारी घोषणा हुन थालेको छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ४ मा शुक्रबार एक पत्रकार सम्मेलन मार्फत नन्दराज राईले प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । राईले लामो समय सामाजिक संस्थामा रहेर कार्य गरेको अनुभवका आधारमा “देशको मुहार बद्ल्नु छ भने आफ्ना मत बदलौं” भन्ने नारा लिएर निर्वाचनमा होमिएको बताएका छन् ।

२०३४ सालमै अर्थशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका राईले शैक्षिक क्षेत्रको विकासमा समेत उल्लेख्य टेवा दिइएकाले राजनैतिक दलले सही मार्गमा कार्य गर्न नसकेकाले विकल्पको खोजीमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको राईले बताए । राजनैतिक खिचातानीले देशमा भ्रष्टचार बढेकाले आफूले त्यसको निर्मुल गर्न उम्मेदवारी दिएको हुँ उनले भने।उनले आफूले राज्यले दिने तलव भत्ता समेत सार्वजनिक हितमै खर्च गर्ने बताए । धेरै बर्ष सामाजिक तथा आर्थिक क्षेत्रमा कार्य अनुभव लिइसकेकाले अव राजनैतिक क्षेत्रबाट जनताको सेवा र समाज विकासमा होमिएको उनले बताए ।

यस अघिको निर्वाचनमा नेकपा एमालेका नेता एलपी साँवा प्रतिनिधि संसद रहेको यस क्षेत्रमा यस अघि पूर्ण नेम्बाङले समेत स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति: २०२२-०९-२४ , समय : ०९:२१:४७ , २ वर्ष अगाडि

error: Content is protected !!