झापा ७ मा नि:शुल्क स्वास्थ्य शिविर,९८ जनाले लिए सेवा

झापा एक्सप्रेस , १९६६७  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

शनिवार  वडा नम्बर ७ को कार्यालय परिसरमा भएको शिविर सञ्चालनबाट ९८ जनाले प्रतक्ष्य लाभ लिएका छन् ।परिवर्तनका लागी सामाजीक अभियान धरानको आयोजनामा भएको एक दिने मुटु सम्बन्धी रोग परिक्षण शिविर झापा गाउँपालिका वडा नम्बर ७ को पहल तथा आर्थिक सहयोगमा सम्पन्न भएको बताइएको छ।कार्यक्रमको नेपाल हिर्दयरोग निवारण प्रतिष्ठान झापा,रोटरी क्लब अफ सुरुङ्गा,रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले सहकार्य गरेका थिए।

बिराट मेडिकल कलेज बिराटनगरबाट डा. प्रशान्त साह र सन्जिबनी अस्पताल बिर्तामोडबाट डा. सिपी यादवले बिरामीको जाँच गरेका थिए।शिविरमा जेष्ठ नागरिकलाई मुटु सम्बन्धी स्वास्थ्य जाँच गरी औषीधी समेत वितरण गरिएको थियो।

वडाध्यक्ष सखिचन्द्र ठाकुरको अध्यक्षता र गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन शिव कड्डेल गरेका थिए।कुमारमणी पोखरेलले कार्यक्रमको औचित्य माथी प्रकाश पारेका थिए।

प्रकाशित मिति: २०२२-०९-२४ , समय : १७:१५:४७ , २ वर्ष अगाडि

error: Content is protected !!