झापा एक्सप्रेस , ७५१७ पटक हेरिएको
सुरुङगा जेसीजले सामाजिक गतिविधिका कामलाई तिब्रता दिएको छ । सुरुङगा जेसीजको सन् २०२२ को नेतृत्व सुस्मा न्यौपानेले सम्हाले लगत्तै विभिन्न सामाजिक कामलाई तिब्रता दिइएको छ। मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्थापित अन्तर्राष्ट्रिय गैर सरकारी सामाजिक संस्था अन्र्तरगतको सुरुंगा जेसीजले वर्ष भरि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
यसैक्रममा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले मगलबार कनकाई ८ र ९ का २ जना श्रम जिवी महिलालाई लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण गरेको छ । मंगलबार कनकाई ८ लक्ष्मीपुरमा आयोजित कार्यक्रममा २ जना अति विपन्न श्रमजीवी महिलालाई सामाग्री वितरण गरिएको कार्यक्रम संयोजक सुरुङा जेसीज वर्ष २०२२ कि शिक्षा सयोजक निर्मला खड्काले जानकारी दिनुभयो । सामग्री पाउनेमा अति विपन्न श्रमिक कनकाई ८ कि बिमला राजवंशी र कनकाई ९ कि कमला हाडीलाई सामग्री वितरण गरिएको जेसी रोहित कोइरालाले जानकारी दिनुभयो ।
वर्ष २०२२ कि अध्यक्ष सुस्मा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको आस्था वाचन सास्कृतिक सयोजक सारिका गिरीले गर्नु भएको थियोे ।कार्यक्रमकी प्रमुख अतिथि कनकाई ८ की वडा सदस्य तथा कार्य पालिका सदस्य सुनिता खरेल( सिक्देल)ले महिलाहरुलाई अगाडि बढाउन राजनीतिक दलले ध्यान दिनुपर्ने बताउनुभयो छ । उहाँले अग्रजहरुसँग सम्पर्कमा रहने र सम्मान गर्नुपर्ने पनि बताउनुभयो । कार्य पालिका सदस्य खरेल( सिक्देल)ले आफ्नो सन्तानलाई महिलालाई सम्मान गर्न सिकाउनुपर्ने बताउनुभयो । उहाँले महिलाहरु आफ्नो अधिकार प्राप्तिको निम्ति सचेत हुनुपर्ने बताउनुभयो। विशेष अतिथी वडा महिला सदस्य मुना शिवा , सुर्योदय महिला बालबालिका संरक्षण समितीका अध्यक्ष तथा कानुन ब्यबसायी टोल बिकास संस्थाका अध्यक्ष,जेसिजका पुर्व अध्यक्षहरु शिव कुमार कडेल र सरला दाहाल पोख्रेल लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियोे । यस अघि पनि जेसीजले आफ्ना सदस्यहरुको क्षमता विकासका लागि एक दिने क्षमता विकास तालिम समेत सम्पन्न गरेको छ । जेसीजले सामाजिक कार्य अन्तर्गत अर्जुनधारा–१ स्थित श्री शंकराचार्य पीठ साधुटारको गौशालामा रहेका गाईहरुका लागि पाँच सय किलो चोकर, पिठो लगायतका सामग्री वितरण गरेको थियोे ।
मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको भन्दै सुरुङ्गा जेसीजले विभिन्न सामाजिक कामलाई तिब्रता दिइरहेको छ । यस अघि एक कार्यक्रमको आयोजना गरि तालिम हलको समेत उदघाटन गरिएको छ।
सुरुङ्गा जेसीज वर्ष २०२२ का सचिबले संचालन गरेको कार्यक्रममा महिला हिंसा अन्त्यका लागि तय गरिएको कानुन, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा सुरुङगा जेसीज अध्यक्ष न्यौपानेले जोड दिनुभयो छ।
प्रकाशित मिति: २०२२-०३-०८ , समय : २१:५६:११ , ३ वर्ष अगाडि