निर्वाचन बहिस्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

न्युज कारखाना , १०२९२  पटक हेरिएको

काठमाडौं-आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निर्वाचन बहिस्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।

महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरूले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

असोज २३ गते चितवन, असोज २५ गते जनकपुर, असोज ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, कात्तिक ४ गते बुटवल, कात्तिक १७ गते सुर्खेत,
२०७९ कात्तिक १९ गते धनगढी, २०७९ कात्तिक २३ गते काठमाडौं आन्दोलनका कार्यक्रम रहेका छन् ।

प्रकाशित मिति: २०२२-०९-२६ , समय : १८:२५:०९ , २ वर्ष अगाडि

error: Content is protected !!