अखिल नेपाल महिला संघले भव्यताका साथ मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

झापा एक्सप्रेस , ११३०५  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ सम्पन्न गरेको छ।

झापा -४ को डिल्लीराज माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा नाचगानका साथै जुडोकराँते समेत देखाइएको थियो।महिला संघकी अध्यक्ष देबीमाया कोइराला र प्रदेश कमिटि सदस्य भक्त बहादुर बानीयाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा झापा गाउँपालिकाका इन्चार्ज हिम बहादुर कार्कीको विशेष आतिथ्यता रहेको थियो।नेकपा एमाले प्रदेश,जिल्ला तथा स्थानीय स्तरका नेताहरुको उपस्थिति रहेको कार्यक्रममा गोमा बरालले कार्यक्रमको औचित्य माथी प्रकाश पारेकी थिइन् ।

कार्यक्रममा एमालेका युवा नेता मनोज ताम्लीले श्रमीक महिला हितका बारे मन्तव्य दिएका थिए।त्यस्तै नेकपा एमाले झापा गाउँपालिका कमिटिका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले अब महिला चुलोचौकामा बस्ने दिन गए अब अगाडि आउनु पर्छ भन्दै शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा एमाले नेतृ तथा गाउँपालिका उप-प्रमुख कुन्ती देवी बुढाथोकीले गाउँपालिकाले महिला हितमा विभिन्न कार्यक्रम ल्याएको बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि बानीयाँले एमाले गरिव दु:खीको प्रतिनिधित्व गर्ने पार्टी भएको बताए।महिलालाई न्याय दिने पार्टी नै एमाले हो उनले भने।थिचोमिचो,अन्यायमा परेका महिलालाई एमाले मात्र हेर्छ उनले थपे।

कल्पना खड्काले संचालन गरेको कार्यक्रममा प्रतिमा राईले स्वागत मन्तव्य राखेकी थिइन।

प्रकाशित मिति: २०२२-०३-०९ , समय : ०७:५७:४४ , ३ वर्ष अगाडि