बाह्रदशीमा हात्ती आतंक,थामेन तारबारले

झापा एक्सप्रेस , १७४८३  पटक हेरिएको

केशव चापागाईं/ दर्पण शर्मा

बाह्रदशी- मध्यान्न १ बजे ५/६ जनाको समूह शितल छायाँमा बसेर बाँसका भाटा तिखार्न व्यस्त थिए । त्यो देखेर हाम्रो टोलि रोकियो । हामीले किन यसरि गाँउभरिका युवाहरू भेला भएर सामुहिक काम गरिरहनु भएको भनेर बुझ्न प्रयत्न गर्यौं। जब उनिहरूले अाफुहरूले सामुहिक बासका भाटा फुटाइरहेको कारण र उनिहरूलाइ परेको समस्या बताए अब हामि भावुक बन्याै ।

बाह्रदशी, हल्दिबारी र कचनकवलको सिमानामा पर्ने चारकोसे जंगलबाट हरेक रात अाइरहने जगली हात्तीको आतंक बिगत लामो समय देखी भोगिरहनु परेको छ । बाह्रदशी वडा नम्बर १ र २ का गाँउहरूमा हात्तीको उपद्रोका कारण त्यहाँ बसोबास गर्ने स्थानियले जनधनको क्षती भोगिरहेका छन । सरकारले बनाएको तारबारले समेत हात्तीलाइ रोक्न सकेको रहेनछ । केहि यूवा भन्दै थिए रातभर सुत्नै पाइदैन, पालै पालो सुत्न पर्छ । कारण रहेछ दिनँहु आउने जंगली हात्ती रुग्नका लागी बस्ने बाँसको कटेरोमा उनीहरु पालैपालो हात्ती रुग्न बस्दा रहेछन ।

रातको २ बजे सम्म यहि पुलमा बसेर हा हो गर्दै बस्नुपर्ने स्थानिय मंगलबहादुर केरूङ्गले बताएका छन । स्थानिय भक्त लिम्बुले भने, “प्रशासनको सुरक्षा दिन सकेको छैन, रातभरि होहल्ला हुदा समेत प्रहरी अाउन सक्दैनन्, अब फल्न लागेको धान जथाभावी खाइदेर दु;ख दिइरहेको छ” । यस्तै गुनासो सुनाए अर्का स्थानिय सुरेन्द्र प्रसाद उप्रेतीले पनि । बर्खा भरी दु:ख गरेर अब फल्न लागेको धान दिनहुँ जसो ७/८ वटाको संख्यामा हात्ती अाएर नास गर्ने गरेको बताए । महेन्द्र राजमार्ग बाट करिब २५ किलोमिटर दक्षिणमा पर्ने उक्त्त स्थानमा पत्रकारहरू पनि खासै जाने गरेका रहेनछन् । हामी त्यहाँ पुग्दा निकै स्थानिय भेला भएका थिए । हामी सबै स्थानियको समस्याहरू लिएर बाह्रदशी वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर सिंह राजबंशीलाइ उक्त समस्याका बारे जिज्ञासा राख्याै । “तार बार लगाउने काम भएको हो । तर त्यसले पनि समस्याको सावधान हुन सकेन । साथै यसको मर्मतको लागि यसै अार्थिक बर्षममा पनि ४० लाख राखिएको छ” राजबंशीले भने।

बाह्रदशीमा दिनहुँ जसो हुने हात्तीको आतंकले यस अघी समेत यहाँ दुइ जनाको ज्यान लिसकेको स्थानीयले बताएका छन् .तारबारले समेत नछेकेको हात्तीको उपद्रोबाट यहाँका स्थानीयको क्षती न्युनिकरण गर्न सरकारले आवश्यक कदम चाल्नु पर्ने देखिन्छ .

प्रकाशित मिति: २०२२-०९-२९ , समय : २१:०३:२१ , २ वर्ष अगाडि

error: Content is protected !!