झापा एक्सप्रेस , २२७२० पटक हेरिएको
शरणामती।झापा गाउँपालिका-३ स्थित नमुना प्राथमिक विद्यालयका विद्यार्थीले बडादशैंको उपलक्ष्यमा नयाँ नाना पाएका छन् ।सुरुङ्गा स्थित रोट्याक्ट क्लब अफ सुरुङ्गाले यहाँ अध्ययनरत बिस जना विपन्न विद्यार्थीलाई नयाँ कपडा प्रदान गरेको हो।
क्लबका अध्यक्ष रोषन साहको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी थपलियाले विद्यार्थीलाई नयाँ कपडा हस्तान्तरण गरेकी थिइन् ।
क्लबकि सदस्य सारिका गिरिले सञ्चालन गरेको कार्यक्रममा दिक्षा राईले स्वागत मन्तव्य राखेकी थिइन् ।वडा नम्बर ३ का वडाध्यक्ष सुबासलाल गणेश,रोटरी क्लब सुरुङ्गाका निवर्तमान अध्यक्ष टिकाप्रसाद कट्टेल,रोटरी क्लब सुरुङ्गाका बर्तमान अध्यक्ष खेम प्रसाई,समाजसेवी टंक विश्वकर्मा लगायतले रोट्याक्ट क्लबका सदस्यहरुको खुलेर प्रशंसा गरेका थिए।उनीहरुले युवा अवस्थामै परोपकारमा लागेर उन्नत समाज निर्माणमा र हुनेले केही बचत गरेर नहुनेलाई दिए यसरीनै समाजमा सहि विचारको जन्म हुने बताए।
कार्यक्रममा प्रमुख अतिथि थपलियाले क्लबलाई धन्यवाद दिदै क्लबले गरेको कामको खुलेर प्रशंसा गरिन।
रोट्याक्ट क्लबका युवाहरुले आफ्नो पकेट खर्चबाट केही कटौती गरेर बचत गरि विपन्नलाई सहयोग गर्दै आइरहेका छन् ।बडादशैंमा नयाँ कपडा पाएर विद्यार्थीहरु खुसी भएका छन् ।
प्रकाशित मिति: २०२२-१०-०१ , समय : १७:२०:२९ , २ वर्ष अगाडि