जीवित बचन मण्डलीद्वारा ५३ विपन्न परिवारलाई वडादशैँमा खाद्यान्न

झापा एक्सप्रेस , २३६७२  पटक हेरिएको

शरणामती-बिर्तामोड स्थित जीवित बचन मण्डलीले झापाको झापा गाउँपालिका-३ मा रहेको नमुना प्राथमिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीको परिवारलाई खाद्यान्न वितरण गरेको छ।नेपाल क्रीस्चियन रिबाईबल चर्चको आयोजनामा भएको कार्यक्रममा मण्डलीले ५३ विपन्न विद्यार्थीका परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

मण्डलीकी सदस्य नुमा लिम्बुको जन्मदिनको अबसर पारेर मण्डलीले एक बोरा चामल,दाल,तेल,नुन,बेसार लगायत खाद्यान्न वितरण गरेको छ ।नमुना प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पौडेलको अध्यक्षता र समाजसेवी जेवुल हकको प्रमुख आतिथ्यता भएको खाद्यान्न वितरण कार्यक्रममा जिवीत बचन मण्डलीका पास्टर नामुएल राईले कार्यक्रमको औचित्य माथी प्रकास पार्दै नमुना प्राविका विद्यार्थीलाई केही उपहार दिन पाउँदा आनन्द लाग्ने बताए । उनले विद्यार्थीलाई केही खेलकुद सामग्री पनी प्रदान गरे ।

कार्यक्रममा अध्यक्ष पौडेलले जिवीत बचन मण्डलीले नमुना प्राविका विद्यार्थीलाई धेरै पटक यसरीनै सहयोग गरेको बताए । “हामी मण्डलीको ऋणी भएका छौ ” उनले भने ।

नमुना प्राविकी प्रधानाध्यापक कमला बिकले संचालन गरेको कार्यक्रममा तिलरुपा थापाले स्वागत मन्त्यब्य राखेकी थिइन् ।

वडादशैँमा खाद्यान्न पाएपछि विपन्न परिवारको मुहारमा खुसी छाएको छ । अभावकै बिच दशैँ कसरी मनाउने भन्ने चिन्ताले छोपेको बेला खाद्यान्न पाएपछि विपन्नले मण्डली लगायत नुमाको जन्मदिनमा उनलाई धन्यवाद तथा दिर्घायुको कामना गरेका छन् ।

प्रकाशित मिति: २०२२-१०-०१ , समय : २०:१६:१७ , २ वर्ष अगाडि

error: Content is protected !!