झापा क्षेत्र नं ४ मा संघ र प्रदेश मा कसले दिए उम्मेदवारी?(नाम सहित)

झापा एक्सप्रेस , १८४४२  पटक हेरिएको

झापा क्षेत्र नम्बर ४ मा प्रदेश र संघ गरि ४३ जनाले उम्मेद्धारी दर्ता गराएका छन । प्रतिनिधिसभाका लागि झापा क्षेत्र नं. ४ बाट सक्तासाझेदार दल माओवादी केन्द्र सहित ५ दलको गठबन्धनमा रहेको नेपाली कांग्रेसले पार्टीका जिल्ला सभापति देउकुुमार थेवे, राप्रपा सँग गठवन्धन गरेको नेकपा एमालेका तर्फवाट लालप्रसाद साँवा लिम्बु, नेपाली काँग्रेस विपिका तर्फवाट दुर्गाप्रसाद घिमिरे, मंगोल नेशनल अर्गनाईजेसनका तर्फवाट दिलिप धिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका तर्फवाट ग्यासुदिन मिया, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तर्फवाट विजयप्रसाद राजवंशी, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट मनकुमार ताम्बादेन (लिम्बु), हाम्रो नेपाली पार्टीका तर्फवाट चर्चित बामपन्थी नेता युक्तप्रसाद भेटवाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फवाट लाहान सिं तुम्बापो, नेपाल मजदुर किसान पार्टीका तर्फवाट विक्रम काँसिछवा, जनमत पार्टीका तर्फवाट सत्यनारायण राजवंशी, जनता समाजवादी पार्टी नेपालका तर्फवाट हर्कराज राई, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फवाट शुम्भु प्रसाद ढकाल, स्वतन्त्र लक्ष्मीनारायण खनाल, स्वतन्त्र पूर्णकुमार लिम्बु (फेजुङ्ग), स्वतन्त्र कमलबहादुर पौडेल, स्वतन्त्र किरण श्रेष्ठ, स्वतन्त्र चर्चित मोडल खुश्वु ओली, स्वतन्त्र ख्याम नेपाल र नन्दराज राई रहेका छन् ।

त्यस्तै क्षेत्र अन्तर्गतको प्रदेश “क” मा निवर्तमान प्रदेश सभा सदस्य झलकबहादुर मगरसहित १० जनाले मनोनयन दर्ता गरेका छन् दर्ता हुनेहरुमा नेकपा एमालेका तर्फबाट राधाकृष्ण खनाल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमानाथ दमाई, जनमत पार्टीका तर्फवाट गोन्धा ताजपुरिया, मंगोल नेशनल अर्गनाईजेसनका भरत राई, राष्ट्रिय जनमुक्ती पार्टीका तर्फवाट संगिता लिम्बु नेम्वाङ्ग, हाम्रो नेपाली पार्टी होम प्रसाद गौतम, स्वतन्त्र तर्फवाट मेहरमान बसनेत, रमेशप्रसाद आचार्य र शान्तिराम न्यौपानेको रहेका छन ।

प्रदेश “ख” मा गठवन्धनका तर्फवाट नेपाली काँग्रेसका एकराज उप्रेतीसहित १३ जनाको उम्मेद्वारी परेकोछ । उम्मेद्वारी दर्ता गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तीप्रसाद सिटौला, नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवाद “पुस्पलाल” टेकबहादुर अधिकारी, हाम्रो नेपाली पार्टीवाट केशव वजगाँई, मौलिक जरोकिलो पार्टीवाट उमाकान्त सिटौला, मंगोल नेशनल अर्गनाईजेसनका अम्विका बहादुर तामाङ्ग, राष्ट्रिय जनमुक्ती पार्टीका मंगल सिंह साम्मेखाम, लोकतान्त्रिक समाजवादी पार्टी राजकुमार राजवंशी, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका स्वामीप्रसाद लिम्ब, स्वतन्त्र तर्फवाट भरत कुमार श्रेष्ठ, जयप्रसाद चौलागाई, केहरसिंह बस्नेत र जनमत पार्टीका तर्फवाट देवान टुडु रहेका छन ।

निर्वाचन अधिकृतको कार्यालय कनकाई नगरपालिकामा भएको उम्मेद्वारी मनोनयका क्रममा सबैभन्दा बढी उमेरका ८१ वर्षीय जयप्रसाद चम्लागाईँले स्वतन्त्र तर्फ प्रदेश “ख” मा आफ्नो उम्मेद्वार दर्ता गराएका छन् भने सबैभन्दा कम उमेर भएका २७ वर्षीय किरण श्रेष्ठले समेत प्रतिनिधि सभा सदस्यकालागि उम्मेद्वारी मनोनयन गराएका छन् ।

संघ र प्रदेशमा गरि जम्मा ४३ जनाले उम्मेद्वारी मनोनयन गराएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभएको छ । तथापि धेरै उम्मेद्वारले मनोनयन फिर्ता लिने सम्भावना रहेको अाकलन गरिएको छ । उम्मेदवारी दिएका उम्मेदवारले बुधबार नाम फिर्ता लिन सक्ने छन । बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि आयोगले बुधबार अपराह्न १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । बिहीबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

झापाको क्षेत्र नं ४ मा ६१ हजार १ सय १ महिला र ६२हजार २२ पुरुष साथै अन्य १ गरी जम्मा १ लाख २३ हजार १२४ मतदाता संख्या रहेको बताइएको छ । विभिन्न स्थानमा गरी ६३ मतदान स्थल रहेको यस क्षेत्रमा १४९ वटा मतदान केन्द्र रहने बताइएको छ ।

प्रकाशित मिति: २०२२-१०-११ , समय : २०:२३:४४ , २ वर्ष अगाडि

error: Content is protected !!