झापा एक्सप्रेस , ३०४०२ पटक हेरिएको
सामाजिक कार्यमा सक्रिय रहँदै आएको बाह्रदशी जेसीज उत्कृष्ठ हुँदै जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ ।
स्थापनाको छोटो समयमा समाजिक क्षेत्रमा प्रभावकारी काम गरेसंगै सेप्टेम्बर महिनाको अवार्ड बाह्रदशी जेसीजलाई प्रदान गरिएको हो ।
नेपाल जेसीजले सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो ।सन २०२१ मा पोखरा महाधिवशेनबाट पूर्ण स्वीकृति प्राप्त गरेको यो शाखा झापाको कान्छो शाखा हो ।
बाह्रदशी गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएको यो शाखालाई सुरुङ्गा जेसीजले मातृत्व प्रदान हो । अवार्ड प्राप्त गरेपछि शाखाका अध्यक्ष पुष्पलाल धमलाले शाखाका सबै साथीहरुको साथ सहयोगमा प्राप्त भएको बताएका छन् । उनले यो अभियानमा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
बाह्रदशी जेसीजले विपन्न , असाहय नागरिकलाई सहयोग पु¥याउँदै आएको छ भने विभिन्न सामाजिक काममा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । अझ , स्वास्थ्य , विद्यार्थी र वालबालिकाको क्षेत्रमा जेसीले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: २०२२-१०-१४ , समय : ०६:५३:३३ , २ वर्ष अगाडि