झापा एक्सप्रेस , २५५९५ पटक हेरिएको
शरणामती।झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एलपी सावाँ लिम्बूले जनताको घर-दैलो कार्यक्रमलाई तिव्रता दिएका छन् ।सावाँ नेकपा एमालेका प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन् ।
अघिल्लो २०७४ सालको निर्वाचनमा समेत १६ हजार बढी मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार देउकुमार थेबेलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा विजयी बनेका सावाँ यस पटक पनि उनै थेबे सँग चुनावी भिडन्तमा उत्रेका छन् ।
निर्वाचन हुने मिति मंशीर ४ गते नजिकै सँगै घर-दैलो कार्यक्रमलाई सावाँले तिब्रता दिएका छन् ।राप्रपा सँग चुनावी तालमेल गरेको एमालेका उम्मेदवार सावाँ र राप्रपाका तर्फबाट प्रदेश “ख” का उम्मेदवार भक्ती सिटौलाले संयुक्तरुपमा आज सोमवार कनकाई नगरपालिकाका वडामा घर-दैलो कार्यक्रम गरेका छन् ।
चुनावी तालमेलमा सावाँ सहित प्रदेश “क” बाट एमालेकै राधाकृष्ण खनाल र प्रदेश “ख” बाट राप्रपाका भक्ती सिटौला उम्मेदवार बनेका छन् ।झापा,कनकाई,शिवसताक्षी,गौरादह र गौरिगञ्जका जम्मा २८ वटा वडा झापा क्षेत्र नम्बर ४ मा पर्दछन।
सावाँ सहितको टिमले समृद्ध नेपाल र सुखी नेपाली एमालेकै सरकारमा मात्र सम्भव रहेको भन्दै जनताको घर-दैलोमा एमाले सरकारले अहिले सम्म गरेका उपलब्धीको रक्षा गर्न सुर्यमा मतदान गर्नुको विकल्प नरहेको कुरा जनतालाई अवगत गराएको सावाँका स्वकीय सचिव विशाल खनालले बताए।
प्रकाशित मिति: २०२२-१०-१७ , समय : १४:१०:१२ , २ वर्ष अगाडि