जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २७ औं बार्षिक साधारणसभाको अबसरमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

चन्द्र बस्नेत , २९७८१  पटक हेरिएको

सुरुङ्गा-झापाको कनकाई नगरपालिका वडा नम्बर २ र १ मा रहेको जामुनावारी सामुदायिक बन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रको २७ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समुहको कार्यालयमा सोमवार (आज) सोमबार समुहको अध्यक्ष ख्यामराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले देशमा नै पहिचान बनाउन सफल यस जामुनावारी सामुदायिक बन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा अझै आन्तरिक तथा बाह् पर्यटनहरुलाई समेत घुम्न आउने वातावरणका लागि स्थानीय तहको तर्फबाट सडक तथा अन्य पुर्वधार निर्माणमा आफुले सधै सहयोग गर्ने तर प्रदेश तथा सघिय सरकारले पनि उतिकै सहयोगको आवश्यकता रहेकोे औल्याउनु भयो।

साधारणसभामा सरस्वती माबि र पञ्चकन्या प्राबिका बिद्यार्थीलाई छात्रवृत्ति अन्तरगत नगदसहित स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । कार्यक्रममा सरस्वती माबिको कक्षा ३ की एन्जिला परियार, कक्षा ४ की रेश्मा माझी, कक्षा ५ की प्रेमिका ताजपुरिया, कक्षा ९ की सोनिया श्रेष्ठ र कक्षा १० की पवित्रा कटुवाल त्यस्तै पञ्चकन्या प्राबिकी कक्षा १ मा अध्ययनरत आयुसा डाँगी र कक्षा २ मा अध्ययनरत सबिता हेमरमलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा सरला तामाङ र उपभोक्ताको तर्फबाट दुर्गादेबी ओलीलाई सम्मान गरिएको थियो भने ओमनाथ भट्टराईलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

स्वागत समुहका उपाध्यक्ष बिष्णुप्रसाद ओलीले गरेको कार्यक्रममा बिशिष्ठ अतिथि सामुदायिक बन उपभोक्ता महासंघका वेदप्रकाश भण्डारी, कनकाई वडा नं. २ का अडाध्यक्ष बलराम राई, वडा सदस्य निर्मला खड्कालगायत आ–आफ्नो भनाई प्रस्तुत गरेका गर्नुभएको थियोे ।
कार्यक्रममा आर्थिक प्रतिवेदन समुहका कोषाध्यक्ष यशुनाथ अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने बार्षिक अनुमानित बजेट समुहका कार्यालय सचिव अम्बरबहादुर चौहान (मिलन) ले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख तथा प्रमुख अतिथि पोखरेल, कनकाई २ का वडाध्यक्ष बलराम राई, कनकाई बिहानी क्लबका अध्यक्ष मनोज बस्नेत, कनकाई वडा न १ कि जनप्रतिनिधि निर्मला खड्का, सम्मानित व्यक्तिहरुको तर्फबाट ओमनाथ भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रममा विभिन्न विध्यालयका बिद्यार्थी एवम् विभिन्न जातीय सस्कृती झल्कने सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन समुहकी सचिब मनिता राई र सह–सचिव पुजन बाह्रकोटीले संयुक्त रुपमा गर्नुभएको थियो।

प्रकाशित मिति: २०२२-१०-१७ , समय : २०:१७:१६ , ३ वर्ष अगाडि

error: Content is protected !!