झापा एक्सप्रेस , २०७५० पटक हेरिएको
शरणामती।सन्थाल समाजको आयोजनामा झापाको झापा गाउँपालिका-७ मा जारी दोस्रो सन्थाल अध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक टिम र बोरडाँगी विजयी भएका छन् ।
जनकल्याण माध्यमिक विधालयको खेल मैदानमा बुधबार भएको पहिलो खेलमा बोरडाँगीले कारामघुटुलाई ३-१ को गोलान्तरले हराँउदै जित सुनिश्चित गरेको हो।बरडाँगीका तर्फबाट मर्कुस किस्कु,अर्जुन सोरेन र जेम्स मर्डीले १/१ गोल गरेका थिए।त्यस्तै कारामघुटुका एनोस किस्कुले १ गोल फर्काएका थिए।त्यस्तै आयोजक टिम र बिराटचोक युवा क्लब बिच भएको दोस्रो खेल निर्धारित समयमा १/१ गोल भएपछी ट्राइब्रेकरमा धकेलिएको थियो।ट्राइब्रेकरमा आयोजक टिमले ६-४ गोलान्तरले बिराटचोकलाई हराउँदै जित सुनिश्चित गरेको आयोजकले बताएको छ ।
सन्थाल नकाउट फुटबल प्रतियोगितामा सन्थाल युवाको मात्र संलग्नता रहने आयोजकले जनाएको छ।प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ।प्रतियोगितामा सिदार्थ युवा क्लब,हात्तिमारा,करामघुटु,बोरडाँगी,घेराबारी,सुरुङ्गा,बलिया मोरङ,हल्दिबारीको टिमले समूह “A” अन्तरगत प्रतिस्पर्धा गर्ने छन् ।त्यस्तै समूह “B” अन्तरगत फ्रीडम सन्थाल युवा क्लब झोडा,रेड स्टार सुगा बथान,बिराटचोक युवा क्लब,आयोजक टिम,झरनाघुटु मोरङ,धरमपुर मंगलबारे,शनिश्चरे अर्जुनधारा र जम्बुवो मोरङ बिच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३० हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।प्रतियोगितामा हाइस्कोरर,म्यान अफ द सिरिन्ज,वेस्ट गोलकिपर र वेस्ट डिफेन्सले समेत पुरस्कार पाउने बताइएको छ।१ गते देखी सन्चालन भएको खेल १२ गते सम्पन्न हुनेछ।
प्रकाशित मिति: २०२२-१०-१९ , समय : १९:२३:२६ , २ वर्ष अगाडि