तिहारमा मैनालीले बनाए खेलमैदान झिलीमिली

झापा एक्सप्रेस , २४२२२  पटक हेरिएको

कनकाई-तिहारमा सामान्यतया सबैले आआफ्नो घरआगनी झिलिमिलि बनाउछँन । तर यहाँस्थित कनकाई नगरपालिका ३ कनकाई टोलका रमेशचन्द्रबाबु मैनालीले भने आफ्नो घरमात्रै झिलिमिलि बनाएनन, उनले आफ्नो गाउँ र नजिक्कै रहेको कनकाई माविको खेल मैदान समेतमा सडक वत्ती हालेर झिलिमिलि बनाएका छन । उनले हेलोजिन लाईट हालेर गाउँका सबै क्षेत्र र कनकाई माविको खेल मैदानमा समेत आफ्नै निजि खर्चमा झिलिमिलि बनाएका हुन । कनकाई माविको खेल मैदानमा प्राय कुलतमा रहेका युवापुस्ताहरु बस्ने गरेका कारण त्यहाँ र आफ्नो गाउँमा थप १४ वटा हेलोजिन आइट हालिदिएको मैनालीले बताउँनुभयो । जसमा ७ वटा लाईटको लागि आफ्नै घरबाट विद्युत समेत लगेको मैनालीले बताउँनुभयो । आफुले तिहारका लागि मात्रै नभएर सधैका लागि लाईट लगाएको मैनालीले बताउँनुभयो ।

बाटो र चौरमा लगाइएको लाईटका कारण विहान वेलुकी मनिङ वाकमा हिडने स्थानीय र चौरमा शारिरीक व्यायाम गर्नेलाई सहज भएको छ । मैनाली व्यावसायी र खेलाडी समेत रहनुभएको छ ।

प्रकाशित मिति: २०२२-१०-२४ , समय : १०:३५:२१ , २ वर्ष अगाडि