प्रदेश नं १ मै पहिलो पटक चर्चित र्यापर गायक जिवव ब्यान्ड भोलि झिलझिले आउँदै

चन्द्र बस्नेत , ३३७८८  पटक हेरिएको

झापा। नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त र्यापर गायक जिवव , सिरुपाते ,प्लस डिवाइट, कुईन्स जि तथा ए के ए फाया लगायतका आधुनिक तथा अहिलेसम्मकै चर्चित र्यापर ब्यान्ड भोलि कात्तिक ११ गते शुक्रबार आफ्नो औपचारिक ब्यान्डसहित प्रदेश न १ मै पहिलो पटक झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोट्मा दर्शकमाझ प्रस्तुत हुने भएका छन् । गायक जिववका साथै अन्य गायक साथीहरूसहित आफ्नै आधिकारिक ब्यान्डका साथ लाइभ कन्सर्ट गर्न लागेका हुन् ।
भोलि कात्तिक ११ गते शुक्रबार झापाको झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोट्मा गायक जिववका साथै अन्य गायक साथीहरूसहित आफ्नै आधिकारिक ब्यान्डसहित प्रस्तुति दिने वाटर किंगडम पार्कका कार्यकारी निर्देशक सौजन सग्रौलाले जानकारी दिनुभएको छ।
नेपाली सुगम संगीतमा आधुनिक एवम् फरक स्थान बनाएका गायक जिववका साथै अन्य गायक साथीहरुले यसअघि पनि र्राष्ट्रिय तथा अन्तरास्ट्रिय ब्यान्डसहित प्रस्तुति दिई सकेको बताईएको छ।
र्राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा नै लोकप्रिय छबी बनाएका कलाकार तथा आधुनिक र्यापर गायक जिववका साथै अन्य गायक साथीहरूसहितको ब्यान्डले यस अघि नेपालका विभिन्न स्थानमा गई आफ्नो प्रस्तुति दिइसकेका छन् ।
झिलझिलेमा उनले ब्यान्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँने गायक जिववका साथै अन्य गायक साथीहरूले आफ्ना हिट गीतहरुलाई कार्तिक ११ गते को अपरान्न ४ बजेदेखि हुने कन्सर्टमा प्रस्तुत रहने पार्कका कार्यकारी निर्देशक सग्रौलाले जानकारी दिनुभयो ।
त्योसँगै आफ्ना पुराना तथा आधुनिक गितहरुका साथै नेपाली संस्कृति झल्कने आधुनिक गीतलाई पनि प्राथमिकता दिने उनको भनाइ रहेकोे छ।
र्यापर जिवबका अहिले सम्मकै आधुनिक चर्चित करीब २ दर्जनबढी गितहरु रहेका छ्न।
। कन्सर्टमा जिवबलाई पछिल्लो समय नेपाल र विदेशमा समेत अत्याधिक रुचाइएका र्यापर जिवबका हालसम्म दर्जनौ गीत रेकर्ड भएर बजारमा आएका छन् । भोलि हुने कन्सर्टमा प्रवेश शुल्क ३ सय रुपैयाँ रहेकोे त्यसमा भित्र लाईभ कन्सर्टका साथै सबै छेत्रको अबलोकन र फोटो सेसन गर्न सकिने पार्कका कार्यकारी निर्देशक सग्रौलाले बताउनु भयो।

भोलि हुने लाईभ कन्सर्टमा स्थानीय तथा अन्य रास्ट्रिय चर्चित कलाकारहरुको साथ समेत रहने संचालक सग्रौलाले जानकारी दिनुभएको छ।

प्रकाशित मिति: २०२२-१०-२७ , समय : ०७:३८:१५ , २ वर्ष अगाडि