गौरादह नगरमा पाठ्यक्रम कार्यान्बयन सम्बन्धी अभिमुखिकरण सम्पन्न

युवराज रेग्मी , ११३४३  पटक हेरिएको

झापा-झापाको गौरादह नगर अन्तरगतका सामुदायिक बिद्यालयमा पाठ्यक्रम कार्यानबयन सम्बन्धी दुइदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

बैकल्पिक सिकाइ तथा पाठ्यक्रममा आधारित दुईदिने अभिमुखिकरण अन्तरगत गौरादह नगरमा रहेका सामुदायिक बिद्यालयको प्राथमिक तहमा अध्यापन गराउने सम्पुर्ण शिक्षक हरुलाइ ६ वटा केन्द्र मार्फत अभिमुखिकरण गराइएको हो । गौरादह नगरपालिका शिक्षा युवा तथा खेलकुद साखाको आयोजनामा प्राथमिक तह अन्तरगत कक्षा (१-३)को नयाँ पाठ्यक्रमको अभिमुखिकरण सन्चालन गरिएको नगर शिक्षा अधिकारी टेक नाथ रेग्मीले जानकारी गराए । अभिमुखिकरण अन्तरगत गौरादह नगरमा प्राथमिक तहमा अध्यापनरत १ सय ६३ जना शिक्षकहरु लाई अभिमुखिकरण गराउने उधेस्य अनुरुप कार्यक्रम संचालित भएको गौरादह नगर शिक्षा साखाका प्राबिधिक सहायक रोहित पौडेलले जानकारी दिएकाछ्न । कोरोना महामारी बाट प्रभाबित भएको बिद्यालय शिक्षा लाई प्रभाबकारी बनाउनुका साथै बैकल्पिक रुपमा बिध्यार्थीहरुको सिकाइ सहजीकरण अभिवृद्धि गराउने उधेस्यले गौरादह नगर अन्तरगत रहेका सामुदायिक बिद्यालय हरुको प्राथमिक तह (१-३) अन्तरगत पाठ्यक्रम कार्यान्बयन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

तालीम संचालित केन्द्र अन्तरगत भद्रकाली मा. बि. केन्द्र , प्रगती मा. बि. केन्द्र र अमर मा.बि . बैगुन्धुरा केन्द्रमा गत १२ र १३ गते अभिमुखिकरण सम्पन्न भैसकेको छ । अभिमुखिकरण कार्यक्रम अन्तरगत जनता मा. बि. गौरादह १ केन्द्र , डोरामारी मा. बि. केन्द्र र स्कुलचौन मा. बि. केन्द्रमा यहि फाल्गुन २५ र २६ गते तालिम कार्यक्रम सम्पन्न भएको डोरामारी केन्द्रका तालिम सहजकर्ता हेम कुमार बरालले जानकारी दिएका छ्न । डोरामारी केन्द्रको अभिमुखिकरण कार्यक्रम समापन लाई सम्बोधन गर्दै उक्त केन्द्रका सहजकर्ता तथा जनता मा. बि.गौरादह -५ बालुबथानका प्र.अ. रत्न कटवालले सामुदायिक बिद्यालय भनेको हुदाखाने बालबालिकाहरु अध्ययनगर्ने बिद्यालय भनेर चिनिनेहुनाले आफुहरु हुदाखाने बिध्यार्थीहरुका शिक्षक भएकोले ती बालबालिकाको भबिस्यलाइ आत्मसाथगर्दै त्यस्ता बालबालिकाहरुको भबिस्य उज्ज्वल बनाउनका निम्ति आफुहरु कटिबद्ध भएर लागि पर्नुपर्ने बताए । साथै गौरादह नगरपालिकाले ढिलै भएपनी आयोजना गरेको अभिमुखिकरण कार्यक्रम फलदायी भएकोले आगामि दिनहरुमापनि यस्ता किसिमका प्रशिक्षण र अभिमुखिकरण कार्यक्रमहरु गौरादह नगर शिक्षा युबा तथा खेलकुद साखाले आयोजना गर्नेमा आफुहरु आशाबादी भएको बताए।

प्रकाशित मिति: २०२२-०३-१० , समय : १९:५५:०४ , ३ वर्ष अगाडि