डाँगीबारीलाई हराउँदै जलथल फाइनलमा

झापा एक्सप्रेस , २५३०५  पटक हेरिएको

शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा जलथल फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ।

सडकबारीमा रहेको क्लबको खेल मैदानमा शनीबार भएको खेलमा ३-१ को गोलान्तरले डाँगीबारी फुटबल क्लबलाई हराउँदै जलथलले अन्तिम दुईमा स्थान सुनिश्चित गरेको हो।खेलको २९ औं मिनेटमा जलथलका हिरन राजबंशीले १ गोल लगाउँदै आफ्नो टिमका तर्फबाट खाता खोलेका थिए।१ लगाएर हौसिएका राजबंशीले पुन: ३० औं मिनेटमा अर्को गोल थपे।दोस्रो हाफको १३ औं मिनेटमा डाँगीबारीका प्रमोद चौधरीले १ गोल फर्काउँदै आफ्नो टिमको तर्फबाट खाता खोलेका थिए।यो सँगै फाइनल खेलमा जलथलले आयोजक सँगको भेट पक्का गरेको छ।खेलमा डाँगीबारीका अमित मुर्मु म्यान अफ द म्याच घोषित भए।

डाँगीबारी फुटबल क्लव

भोलि आइतबार दिउँसो १ बजे फाइनल खेल जलथल र जोरमाई फुटबल क्लब (आयोजक) बिच हुने आयोजक समितिका अध्यक्ष केवल लिम्बुले बताए।

प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६० हजार एक सय एघार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार एक सय एघार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका कोषाध्यक्ष हेमकुमार राजबंशीले जानकारी दिए।

प्रकाशित मिति: २०२२-१०-२९ , समय : २०:२१:४६ , २ वर्ष अगाडि

error: Content is protected !!