दलका उम्मेदवारको टाउको दुखाई बन्दै खुश्बु ओली

झापा एक्सप्रेस , ३७१८३  पटक हेरिएको

शरणामती –झापा निर्वाचन क्षेत्र नम्बर ४,आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि निक्कै चर्चामा छ । यो निर्वाचन क्षेत्रमा यस अघी समेत निर्वाचित भएका नेकपा एमालेका एलपी सावाँ लिम्बु र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका देउकुमार थेबे मैदानमा छन् ।निरास भएका मतदातासँग भिजन र एजेन्डा छारिरहेकी खुश्बु ओली दलका दुइ हस्तीसँग प्रतिष्पर्धाका लागी मैदानमा छिन् ।

अघिल्लो २०७४ सालको निर्वाचनमा कांग्रेसका थेबे एमालेका सावाँसँग १६ हजार ६ सय ९३ को मतान्तरले पछि परेका थिए। एलपी साँवा लिम्बूले ४३ हजार ५ सय १५ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउमान थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरेका थिए ।यसपाली भने त्यो स्थिती नआउला भन्ने जानकारहरुको तथ्याङ्क रहेको छ ।एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ भने गठबन्धनले थेबेलाई अघि सारेको छ ।दुवै उम्मेदवारहरु जित आफ्नो पोल्टामा कसरी पार्ने भन्ने दाउमा छन् ।दलका नेताहरुदेखी निरास बनेका मतदाता भने एउटा नयाँ नेत्रीत्वको खोजीमा छन् ।यही अवसरको फाइदा उठाउनेमा अहिले खुश्बु ओलीको नाम चर्चामा रहेको छ ।त्यसैले केही मतदाताहरु दलका नेताका लागी खुश्बु ओली टाउको दुखाईको विषय बनेको विश्लेषण गरिरहेका छन् ।

यता पुराना एमालेका नेता हाल एमाले परित्याग गरेर हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका युक्तप्रसाद भेटवाल समेत चुनावी मैदानमा छन् ।

निवर्तमान सांसद सावाँ यती खेर ५ वर्ष आफुले गरेका विकास निर्माणको काम बारे मतदातालाई रिजाउदै घर-दैलामा पुगिरहेका छन् ।आफुले कृषी,पूर्वाधार ,स्वास्थ्य ,शिक्षा ,रोजगार लगायतका क्षेत्रमा अब्बल काम गरेको सावाँको दाबी छ ।सावाँले देश विकासको लहर नेकपा एमालेलेमात्रै ल्याउनसक्ने बताएका छन् ।उनले गएको २०७४ सालमा निर्वाचनमा बनेको नेकपा एमालेको सरकारले देश व्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको बताए ।

एमालेले सरकार चलाएको छोटो समयमा राष्ट्रिय महत्वका कामहरु गरेको दावी सावाँको छ । गरिबहरुको लागि जनता आवाश कार्यक्रम मार्फत प्रत्येक स्थानीयतहरुमा घरहरु बनाएर त्यहाँका घरविहीन परिवारलाई घर हस्तान्तण गरेको उनले बताए ।विगतको समयमा नेकपा एमालले गर्न खोजेका कामहरु पुरा नभएकाले अब पनि एमालेको नेतृत्वको सरकार बनाउँदा मात्र जनतामा सुखी नेपाली समृद्ध नेपालको सपना पुरा हुने उनको भनाई छ ।

यता गठबन्धनका उम्मेदवार थेबे पनि मतदाता रिझाउन घर-दैलोमै व्यस्त छन् ।थेबेले आफु यस क्षेत्रका सबै समस्याहरुका वारेमा जानकार भएकोले निर्वाचित हुनासाथ सबै क्षेत्रको समस्या समाधानका लागि प्राथमिकताका आधारमा लागिपर्ने बताउदै मतदाताका घर-दैलामा छन् ।

थेबेले यहाँको विकास र उन्नति कसरी गर्नुपर्छ यहाँका बाटाहरुलाई कसरी स्तर उन्नति र पिच गर्नुपर्छ, शिक्षण संस्था र स्वास्थ्यका समस्याहरु के कस्ता रहेका छन भन्नेकुरा आफुलाई राम्ररी थाहा भएको भन्दै जनताले आफुलाई समस्याका वारेमा जानकारी नगराईकन सिलसिलेवर रुपमा काम गर्ने प्रतिवद्धता गरेका छन् । यी र यस्ता समस्याहरु मैले पनि भोगिरहेको हुदा समस्या सुन्नेलाई भन्दा आफै भोग्नेलाई सबै समस्याहरुको वारेमा वढी जानकारी हुने थेबेको भनाई छ ।

दलका नेताका लागि टाउको दुखाइ बनेकी स्वतन्त्रबाट चुनाव चिन्ह क्रस खुकुरीमा चुनावी मैदानमा रहेकी खुश्बु ओली पानी आफ्नै पृथक एजेन्डाका साथ चुनावी लडाइमा छिन् ।सामाजिक स्तरमा हरेक क्षेत्रको सामाजिक स्वास्थ्य शिक्षाका अवस्थाहरूलाई पहिचान गरेर त्यस अनुसारका समाधानहरू र अवसरहरू सिर्जना गर्ने उनी बताउछिन।घरेलु अर्थतन्त्रलाई बलियो बनाउन सकियो भने गाउँको विकासलाई, गाउँको उन्नतिलाई देशको विकासँग जोड्ने उनको प्रमुख योजना रहेको बताउदै मतदाताको घर-दैलामा छिन् ।

सर्वप्रथम आर्थिक क्रान्तिको लागि र स्थानीय अर्थतन्त्र बलियो बनाउन एक वडा, एउटा मझौला उद्योगको परिकल्पना ल्याएको ओलीको भनाइ छ। कृषी,पूर्वाधार ,स्वास्थ्य ,शिक्षा ,रोजगार,नदि समस्याका क्षेत्रमा आफ्नो भिजन छ भन्दै यसको समस्या हल गर्दै जाने बताएकी छन ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : १४:१८:५५ , २ वर्ष अगाडि

error: Content is protected !!