झापा एक्सप्रेस , ३२०९५ पटक हेरिएको
शरणामती-प्रदेश १ पालिका स्तरीय तेस्रो अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि दमकले जितेको छ ।
झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी प्रतियोगिता जित्दै दमकले नगद एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँसँगै ट्रफी हात पारेको छ। उपविजयी भएको आयोजकले नगद एक लाख ५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ।दमकले आयोजकलाई ३-० को सोझो सेटमा जित निकाल्दै उपाधी हात पारेको हो ।
प्रतियोगितामा खेलको म्यान अफ द म्याच दमकका पुकार तामाङ भए।उत्कृष्ट डिफेन्स दमकका भुवन केसी,उत्कृष्ट ब्लकर आयोजकका रोहित शिवाकोटी,उत्कृष्ट सर्भर दमकका पुकार तामाङ, उत्कृष्ट स्पाईकर दमककै रोमन बस्नेत, उत्कृष्ट सेटर दमकका मुस्कान खुदाङ लिम्बू घोषित भए। उनीहरुले नगद ५ हजार ५ सय ५५ रुपैयाँ हातपारे । प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीको उपाधि भने झापाका रविन गौतमले हात पारे । उनले नगद ११ हजार प्राप्त गरे ।
विजयी तथा उपबिजयी टिमलाई झापा गाउँपालिका उपप्रमुख अन्जु थपलियाले ट्रफि र नगद प्रदान गरिन। कार्तिक १८ गतेदेखि भएको प्रतियोगितामा प्रदेशका १८ टिमको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-११-०८ , समय : २०:४१:५५ , २ वर्ष अगाडि