झापामा ६७ प्रतिशत मत खस्यो

झापा एक्सप्रेस , ४२५१४  पटक हेरिएको

बिर्तामोड । आज सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा झापामा ६७.२७ प्रतिशत मत खसेको छ ।

झापाको ६ लाख ६३ हजार ३११ जना मतदाता मध्ये ४ लाख ४६ हजार २५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

झापा क्षेत्र नम्बर १ मा ७२.६ प्रतिशत मत खसेको छ । १ लाख २० हजार ३७५ मतदाता मध्ये ८७ हजार ३९६ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा ६५.४२ प्रतिशत मत खसेको छ । १ लाख ३४ हजार ९१ जना मतदाता मध्ये ८७ हजार ७२३ जनाले मतदान गरेका छन् ।

क्षेत्र नम्बर ३ मा १ लाख ३१ हजार ४३२ मतदाता मध्ये ८९ हजार ६३७ जनाले मतदान गरेका छन् । यो कुल मतदाताको ६८.२ प्रतिशत हो ।

क्षेत्र नम्बर ४ मा ६४.४४ प्रतिशत मत खसेको छ । १ लाख २३ हजार १२४ मतदाता रहेकोमा ७९ हजार ३४९ जनाले मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर ५ मा ६६.२ प्रतिशत मतदान भएको छ । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका छन् ।

महिला पुरुष बाहेक झापामा ८ जना अन्य मतदाता भएपनि कसैले मतदान नगरेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-२० , समय : २१:०५:३८ , २ वर्ष अगाडि

error: Content is protected !!