झापा एक्सप्रेस , २८१९० पटक हेरिएको
कनकाई-झापाको कनकाईमा “शैशव प्रशिक्षक”उत्पादन अभियानको उद्घाटन समारोह सम्पन्न भएको छ।
शैशव मञ्चका अध्यक्ष दिवस कार्कीको अध्यक्षता तथा कनकाई ३ का वडा अध्यक्ष युवराज चम्लागाईको प्रमुख आतिथ्यतामा सो कार्यक्रम कनकाई वडा ३ को वडा भवनमा सम्पन्न भएको हो ।
शैशव मञ्च नेपालले यस अघि सामाजिक सञ्जाल जुम मार्फत नेपालका ७ वटै प्रदेशमा सञ्चालन गर्दै आईरहेको प्रशिक्षण कार्यक्रम पहिलोपटक भौतिक उपस्थितिमा गर्न सुरु गरेको छ । कार्यक्रममा विशेष अतिथिहरु शैशव मञ्च नेपालका प्रमुख प्रशिक्षक तथा मार्गदर्शन नेपाल संस्थाका अध्यक्ष दुर्गा प्रसाई , शैशव मञ्च नेपालका संस्थापक सदस्य तथा सामाजिक सञ्जाल विभाग प्रमुख सुवास खनाल , कनकाई नगर बाल सञ्जाल अध्यक्ष अभिशेक मिश्र रहेका थिए । विशेष अतिथि दुर्गा प्रसाईले मन्तव्यका क्रममा बालबालिका द्वारा बालबालिकाका निम्ति प्रशिक्षण अभियान देशव्यापी सञ्चालन गर्ने बालबालिकाले नेतृत्व गरेको संस्था नेपाल कै पहिलो शैशव मञ्च नेपाल रहेको र यस कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्न शुभकामना दिदै सदैव आफ्नो र संस्थाको तर्फबाट साथ र सहयोग दिने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कनपा ३ का वडाअध्यक्ष युवराज चम्लगाईले यस संस्थाले गरेको काम अत्यन्तै धेरै प्रशंसनीय रहेकाले वडाको तर्फबाट र आफ्नो व्याक्तिगत तर्फबाट सदैव सक्दो साथ र सहयोग गर्ने प्रतिबद्धता व्याक्त गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो ।
तालिम कार्यक्रम सञ्चालन , वक्तृव ,ध्यान र तनाव विसर्जन सम्बन्धि रहेको थियोे । कनकाई नपा का सबै वडाबाट उपस्थित ३१ जाना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण प्रशिक्षक दुर्गा प्रसाईले दिनुभयो । कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्य माथि प्रकाश शैशव मञ्च नेपालका झापा जिल्ला प्रबक्ता तथा शैशव प्रशिक्षक सन्देश दाहालले गरेका थिए भने कार्यक्रम सञ्चालन शैशव मञ्च नेपालका झापा जिल्ला अध्यक्ष तथा शैशव प्रशिक्षक टिकाराम बास्तोलाले गरेका थिए । कार्यक्रम दुई महिना सम्म सनिवार सनिवार निरन्तर सञ्चालन हुनेछ ।
प्रकाशित मिति: २०२२-१२-१७ , समय : १८:४९:२२ , २ वर्ष अगाडि