झापा एक्सप्रेस , २४११८ पटक हेरिएको
शरणामती-झापा र मोरङ्गमा पानी शुद्धिकरणका लागि प्रयोग गरिने बायोस्याण्ड फिल्टर बनाउने नक्कली सामानहरु बजारमा छ्यापछ्याप्ती पाइदा उपभोक्ताहरुको स्वास्थ्यमाथि गम्भिर खेलवाड भएको भन्दै बायोस्याण्ड फिल्टर उद्यमी संगठनले आपत्ति जनाएको छ ।
बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालले दमकमा पत्रकार सम्मेलन गरेर उपभोक्ताको स्वास्थ्यलाई असर गर्नेगरि कमशल सामाग्रीहरु झापाको दमक नगरपालिका वार्ड नम्बर १० र २ नम्बर वार्ड तथा गौरीगञ्ज गाउँपालिका २ र ३ मा समेत नक्कली र कमशल सामाग्रीहरु प्रयोग गरिएको पाइएको बायोस्याण्ड फिल्टरका केन्द्रिय अध्यक्ष इश्वरप्रसाद दाहालले बताउनुभयो ।
मोरङ न्यु उदयपुर बायोस्याण्ड फिल्टर प्रा.लि रतुवामाईका प्रोपाइटर सन्तोस कुमार रेग्मीले ती क्षेत्रमा नक्कली र न्युनक्तम मापदण्ड पुरा नगरि वायोस्याण्ड फिल्टर जडान गरेको अनुगमनका क्रममा भेटिएको अध्यक्ष दाहालले बताउनुभयो ।
सम्बन्धित वार्डबाट अनुदानमा वितरण गरिएको करिव ४ सय वटा फिल्टर मापदण्ड नपुर्याई बितरण गरिएकोले कमिशनको चक्करमा परि जनताको स्वास्थ्यमाथि खेडवाड गरिएको पाइएको बायोस्याण्ट उद्यमी केन्द्रिय परिवारको ठहर रहेकोले बारम्बार यसवारेमा नगरपालिका र वार्ड कार्यालयलाई जानकारी र सम्बन्धित उद्यमीलाई सचेत गराउदा समेत अटेरी गरेको पाइएकोले अख्तियार अनुसन्धान आयोग , जिल्ला प्रशासन र घरेलुमा समेत उद्योग खारेजीको माग लिएर उद्यमी परिवार जान लागेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईको छ ।
वि.स २०६६ सालदेखि नेपालमा वातावरण तथा जनस्वास्थ्य संस्था एन्फोसग समन्वय गरि नेपालका तराईका २२ जिल्लामा सुरक्षित खानेपानी उपलब्ध गराउदै आएको पानी उद्यमीहरुको संस्थाले जनतालाई सुरक्षित र स्वास्थ्य खानेपानीको पहुच पुर्याउदै आएकोमा केहि लोभीपापी व्यावसायी र नगरपालिकाहरुले उनीहरुलाई सहयोग गरिदिदा जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड भएको दावी बायोस्याण्ड परिवारको रहेको छ । यसका उद्यमीहरु प्रदेश एकमै १७ वटा र देशभर ५२ वटा दर्ता भई संचालमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बायोस्याण्ड फिल्टर उद्यमीका केन्द्रिय अध्यक्ष दाहाल सहित केन्द्रिय सदस्य कमलप्रसाद बास्कोटा, साखा अध्यक्ष दिपक भण्डारी, साखा समिति सदस्य युवराज सिग्देल , व्यावस्थापक कृष्णबहादुर भुजेल, गैसस महासंघ झापाका सदस्य सीताराम खतिवडा लगायातको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२२-१२-१७ , समय : २०:२६:१२ , २ वर्ष अगाडि