एक बोरा मलका लागि ५ घण्टाको लाइन

झापा एक्सप्रेस , २००६९  पटक हेरिएको

शरणामती।गएको तीन वर्ष देखि नेपालका किसानले खेतवालीमा लगाउने रासायनिक मलको समस्या झेलिरहेका छन् ।रसायनिक मलको समस्या भने नौलो विषय होइन।समस्या देशैभरी छ।सडक र सदनमा समेत मलको समस्याको विषय भने नउठेका होइनन् ।तर सरकार यस समस्याको हल गर्न भने सकिरहेको छैन।महंगी आकाशिदो छ,रसायनिक मलको अभाव छ,किसानको उत्पादनको मूल्य छैन।यसै समस्या विच पिल्सेका किसान चर्को आर्थिक संकटमा छन् ।नेपाल कृषिप्रधान देश,कृषिमै निर्भर रहने अधिकांस जनता।कृषि उत्पादन बढाउने र उचित बजार व्यवस्थापन गर्न नसक्दा किसानको जिवनस्तर उठ्न सकेको छैन।

बाली लगाइसकेपछी महिनौ पछि आएको रसायनिक मल पनि बालीमा यथेष्ट नपाउँदा किसान अर्को मारमा परेका छन् ।एक बोरा रसायनिक मल पाउन ५ घन्टा लाइनमा बस्नु पर्ने बाध्यता छ।

मंगलबार झापाको झापा गाउँपालिका वडा नम्बर ६ स्थित तीन सहकारी संस्थामा करिव ४०० बोरा मल आयो।घरदुरी नम्बर,धनिपुर्जा नम्बर र नागरिकता नम्बर लिएर वडाकार्यालयले मलका लागि टोकन दिने भयो।उक्त टोकन लिएर मात्र सहकारीले एक बोरा मल उपलब्ध गराउने भयो।१० बजे देखि वडाकार्यालय परिसरमा मल प्राप्तीका लागि लाइनमा बसेका स्थानीयले एक बोरा मल दिन पनि वडाले किसानलाई सास्ती दिएको बताए।

दुई बिगाह मकै लगाइन्छ,महिनौ पछि आएको मल पनि एक बोरा मात्र पाइन्छ स्थानीय कृषक सुरेश तामाङले भने एक बोराले कहाँ पुग्छ र।एक बोरा मल पाउन पनि वडाकार्यालयमा लाइन लाग,सहकारीमा लाइन लाग एकदिन जान्छ उनले गुनासो गरे।

सवै किसानलाई मल पुगोस भनेर वडाकार्यालयले मल वितरणमा सहजीकरण गरेको वडाध्यक्ष नविनकिशोर थापाको भनाई छ।सहकारी एक्लैले वितरण गर्दा सबै किसानले पाएनन भन्ने गुनासो आयो,त्यही भएर मल वितरणमा हामीले सहजीकरण गरेको हो उनले भने।झापा वडा नम्बर ६ मा करिव १२ सय घरदुरी छन् ।सवै किसान हुन।सबैले मल पाउनु पर्छ भन्ने हाम्रो चाहाना हो थापाले भने।

प्रकाशित मिति: २०२२-१२-२० , समय : १८:४६:३६ , २ वर्ष अगाडि

error: Content is protected !!