झापा एक्सप्रेस , ११७०२ पटक हेरिएको
सिएम शर्मा , सुरुङ्गा-झापाको कनकाई नगरपालिका ३ मा रहेको पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार जेसिज भवन सुरुङ्गाको सभाहलमा अाफ्नो दसौं बार्षिक साधारण सभा तथा चौथो चुनावि अधिवेशन सम्पन्न गरेको छ ।
वित्तिय अावाश्यकतालाई सहकारीको माध्यमबाट पूरा गर्ने उदेश्यले २०६९ माघ २१ गते बाट झापाको सुरुङ्गामा अौपचारिक रुपमा सन्चालनमा ल्याई यस क्षेत्रका सदस्य एवं अन्य व्यवसायीहरुलाई सेवा दिदै अाएको संस्था पृथ्वी बचत तथा ऋण सहकारीका अध्यक्ष कुुमारमणि पोखरेलले सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै ” एकका लागि सबै र सबैकालागी एक ” भन्ने मुल नाराबाट अभिप्रेरित भएर अाफ्नो संचालन मुनाफाबाट केही रकम शिक्षा , स्वास्थ तथा खेलकुद क्षेत्रमा खर्च गरी संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अाएको बताउनुभयो ।
संस्थामा अार्थिक बर्ष २०७८/२०७९ को शेयर पूँजी १ करोड २४ लाख ६२ हजार ६ सय , जगेडा कोष ८८ लाख ८१ हजार १ सय सतहत्तर , निक्षेप ५ करोड ९३ हजार २ सय उनान्सत्तरी , लगानी (कर्जा) ६ करोड ४० लाख ९० हजार ६ सय पैसठ्ठि र सन्चालन अाम्दानी ५७ लाख ३६ हजार ८ सय उन्साठी रहेको पनि अध्यक्ष पोखरेलले प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरि संस्थाका लेखा समिति संयोजक कमल प्रसाद कट्टेलले संस्थाको अार्थिक बर्ष २०७८/०७९ मा गरेको कारोबारको निरिक्षण गरि प्राप्त कैफियत टिप्पणी तथा रायसुझाव सहित अान्तरिक लेखा परिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रमको बन्द सत्रमा अध्यक्ष पोखरेल र लेखासमित संयोजक कट्टेलले प्रस्तुत गर्नुभएको दुबै प्रतिवेदनमा व्यापक छलफल गरि अनुमोदन समेत गरिएको छ ।
सभामा वार्षिक कार्यक्रम लाई निरन्तरता दिदै उत्कृष्ट बचत कर्ता उत्कृष्ट ऋणी र जेष्ठ नागरिक गरि प्रत्येक बिधामा एक पुरुष र एक महिला गरी ६ जनालाई सम्मान गरिएको थियो । यसरी सम्मान हुनेमा बचत तर्फ रमेशप्रसाद संग्रौला र नर्वदा चौहान , ऋणी तर्फ सञ्जयकुमार चौधरी र सल्मा श्रेष्ठ साथै जेष्ठ नागरिक तर्फ घनश्याम बराल र जानुका धिताल रहनु भएको थियो । सम्मानित सबैलाई कार्यक्रमका अध्यक्ष , प्रमुख अतिथि र अतिथिले नगद सहित सम्मान पत्रबाट सम्मान गर्नुभएको थियो ।
अधिवेशनबाट संस्थाका पुर्व अध्यक्ष कुमारमणि पोखरेल नवनिर्वाचित सन्चालक समितिको अध्यक्षमा पुनः सर्वसम्मत चयन हुनुभएको छ । तस्तै उपाध्यक्षमा एलपी उप्रेती ,सचिबमा शिवकुमार कडेल , महिला सदस्यमा निर्मला राई , सुजन काफ्ले र बिनिता मैनालि , एवं सदस्यहरुमा जनक कार्कि , जविन तिम्सिना , त्रिलाेचन चिमरिया , कमल कट्टेल र डीपी गौतम सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनले बिहीबारनै लेखा समिति पनि चयन गरेको छ । जुन समितिको संयाेजकमा लुवराज उप्रेती र सदस्यमा सुमन कार्कि र चन्द्रकला ढकाल चयन हुनुभएको छ ।
अधिबेशनको बन्दसत्रले नयाँ संचालक समिती चयनको लागी सोम उप्रेती संयोजक , पुनम चापागाईं र रुद्रप्रसाद सिवाकोटी सदस्य रहेको निर्वाचन समिति तय गरेको थियो भने माइन्युट लेखनमा शम्भु पोखरेल र नारायण अधिकारीलाई जिम्मेवारी सुम्पेको थियो । नव निर्वाचित समितिलाई बिहिवारनै निर्वाचन समितिले सपथ ग्रहण समेत गराईसकेको छ ।
सञ्चालक समितिका अध्यक्ष कुमारमणि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंले एक ब्यक्ति एक सहकारीको सदस्यको अबधारणा पालना गर्न पर्ने अबस्थामा यश क्षेत्रमा रहेका एकै प्रकृतिका सहकारीहरु एक भएर अगाडि बड्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा विषेश अतिथि झापा जिल्ला सहकारी संघकी उपाध्यक्ष चम्फा खनाल सुवेदी , सुरुङ्गा कनकाई बचत तथा ऋण सहकारीका अध्यक्ष प्रेम (प्रकाश ) चुडाल , साझा सहकारीका अध्यक्ष गोपाल उप्रेती लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कनकाई नगरका सहकारी बिभाग प्रमुख हरि प्रसाद पौडेल , जेष्ठ नागरिक संघ नगर अध्यक्ष पुण्यप्रसाद बाह्रकोटी , सहकारीकर्मीहरु नरेन्द्र श्रेष्ठ , जनार्दन उप्रेती संथाका सल्लाहकार लगायतको अातिथ्यमा सम्पन्न सभामा उपस्थित सबैलाई स्वागत संथाका उपाध्यक्ष एलपी उप्रेतीले गर्नु भएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव शिवकुमार कडेलले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-१२-३० , समय : ०६:४७:५८ , २ वर्ष अगाडि