कनकाई भेट्रान कप : उर्लाबारीलाई पाखा लगाउदै धरान फाइनलमा प्रवेश

झापा एक्सप्रेस , २४४२१  पटक हेरिएको

“स्वास्थ्यकोलागि खेल र राष्ट्रकालागि खेल”भन्ने मूल नाराका साथ कनकाई भेट्रान क्लबको अायोजनामा झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी दोस्रो प्रदेश स्तरिय कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा उर्लाबारी भेट्रान क्लब लाई पाखा लगाउदै धरान भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ ।
धरानले उर्लाबारी लाई २ – १ गोल अन्तरले पछि पार्दै फाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हापको २२ अौं मिनेटमा धरानका जर्सी नं. १२ का खेलाडी रमेश गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाएको खेलमा खेल प्रतिस्पर्धात्मक देखिए पनि पहिलो हापमा दुबै तर्फबाट अन्य कुनै गोल हुन सकेको थिएन । खेलको दोस्रो हाफको ३अौं मिनेट चलिरहदा उर्लाबारीका जर्सी नं. १५ का खेलाडी डिल्लीप्रसाद बास्कोटाले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याउन सफल भएका थिए ।

दोस्रो हाफको सुरुमै उर्लाबारीले गोल गरेर खेल बराबरीमा गएपछि थप प्रतिस्पर्धात्मक र रोचक बनेको खेलको दोस्रो हाफको ३१ अौं मिनेटमा धरानका जर्सि नं. ८८ का खेलाडी सुरज कुमार श्रेष्ठले गोल गर्दै टिमलाई २ – १ गोल अन्तरले अग्रता दिलाएका थिए । खेलको बाँकी समय प्रतिस्पर्धात्मक रहेपनि दुबै तर्फबाट थप कुनै गोलहुन नसकेपछि धरानका खेलाडी सुरजले गरेको गोलनै निर्णायक गोल बन्न पुगेको हो ।

खेलमा म्यान अफ दी म्याच बिजेता टिम धरानका जर्सि नं. १४ का खेलाडी सुमन श्रेष्ठ धोषित भए । कनकाई ३ का वडा सदस्य समेत रहेका समाजसेवी युवा गोविन्द सुवेदीले प्रायोजन गरेको म्यान अफ दी म्याचको पुरस्कार नगद दुईहजार सुवेदीकै हातबाट उनलाई प्रदान गरियो ।

पहिलो पुरस्कारको राशि १ लाख १ हजार र दोस्रो पुरस्कारको राशि ६१ हजार, मेडल , ट्रफी र प्रमाण पत्र रहेको प्रतियोगिताको फाईनल खेल यही पौष १६ गते शनिवार अायोजक कनकाई भेट्रान क्लब र धरान भेट्रान क्लब बिच हुने छ ।

प्रकाशित मिति: २०२२-१२-३० , समय : ०६:५१:४५ , २ वर्ष अगाडि

error: Content is protected !!