झापा एक्सप्रेस , २२६०९ पटक हेरिएको

कुमरखोद-झापा गाउँपालिका वडा नम्बर ४ मा रहेको डिल्लीराज माध्यमिक विधालयले आफ्नो स्थापना दिवसको अवसर पारेर विद्यालयका संस्थापक स्व.डिल्लीराज गणेशको ३३ औं स्मृति दिवस तथा विद्यालयको ५९ औं वार्षिकोत्सव समारोह कार्यक्रम आज आइतबार सफलतापुर्वक सम्पन्न गरेको छ ।
झापाको पुरानो सदरमुकामको नामले चिनिने झापा वजारमा डिल्लीराज माध्यमिक विद्यालय रहेको छ । २०२० सालमा अहिलेको झापा गाउँपालिका (साविक कुमरखोद , टाँघनडुब्बा र शरणामती ) त्यतीवेला मावि विद्यालय थिएनन प्राथमिक विद्यालयहरु मात्र रहेका थिए ।संस्थापक स्व.डिल्लीराज गणेशले २०२० सालमा आफ्नै लगानीमा विद्यालयका लागि १० कोठे पक्की भवन ,छात्रावासको निर्माण र विद्यालय संचालनको लागि १० विगाह जग्गा सरकारलाई दान गरी यस क्षेत्रका वालवालिकाहरुले पढ्न पाउने शिक्षाको अधिकारको सुनिश्चितता लागि यस विद्यालयको स्थापना गर्ने महान कार्यको सुरुवात गरेका थिए । स्व.गणेशको यस महान कार्यवाट अभिप्रेरित भई स्व. कमलदेवी अग्रवाल , स्व. भैयालाल गणेश ,स्व. वावुलाल अग्रवाल , स्व. नारायण गणेश , स्व. जंजालु राजवंशी, स्व खड्गधारी गणेश , स्व.सत्यनारायण गणेश , स्व.पानालाल हलवाई , स्व.रामलाल राजवंशी , स्व पल्टन गणेश , स्व ठाकुर कुमार श्रेष्ठ र टुकुरु गणेश लगायत दानवीरहरुले विद्यालयलाई जग्गा दान गरी थप समृद्ध वनाउने प्रंशसनीय कार्य गरेका थिए ।
अहिले यस विद्यालयमा कक्षा १ देखी १२ सम्मको पढाई हुन्छ भने अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने र कुल १ हजार ४ सय ८० जना विधार्थीहरु अध्यनरत रहेको प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले वताए ।
आइतबार सम्पन्न कार्यक्रममा नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत नव निर्मित दुईतत्ले चारकोठे भवन र विज्ञान प्रयोगशालाको समेत उद्घाटन गरिएको छ ।
स्व.डिल्लीराज गणेशको ३३ औं स्मृति दिवस तथा विद्यालयको ५९ औं वार्षिकोत्सव कार्यक्रममा जग्गादाता , उत्कृष्ट चन्दादाता , पूर्व शिक्षक , पूर्व विधार्थी , पूर्व कर्मचारी , पूर्व विधालय व्य. समिति , उत्कृष्ट शिक्षक र कर्मचारी लगायतलाई झापा गाउँपालिका अध्यक्ष जयनारायण साह,उपाध्यक्ष अन्जुदेवी थपलिया,शिक्षा साखा प्रमुख जिवनप्रसाद ढकाल लगायत अन्य अतिथीहरु र प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताले दोसल्ला ओढाई कदरपत्रले सम्मानित गरेका थिए ।कार्यक्रममा २०७८ सालमा कक्षा एसइइ र १२ मा विशिष्ट अंक ल्याई पास गरेका विधार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक गुप्ताले विधालयले सुधार गरेको शैक्षिक गुणस्तर , प्रगति विवरण , विधालयले भावी योजनाको वारेमा तयार पारेको खाँकाहरुको प्रतिवेदेन प्रस्तुत गरेका थिए ।विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मणिराज गणेशको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथी गाउँपालिका प्रमुख साह रहेका थिए ।
सहायक प्रधानाध्यापक कृष्ण पराजुलीले स्वागत मन्तव्य गरेको कार्यक्रममा जिल्ला शिक्षा समन्वय एकाईका प्रमुख राजकुमार विक, नेपाल शिक्षक महाँसंघ अध्यक्ष जगन्नाथ राजवंशी , कुमारखोद रेडक्रस उपशाखा सभापति सुन्दरलाल गणेश लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक पशुपतिलाल गणेश , देवेन्द्रचन्द्र राजवशी , गोविन्द प्रसाद राजवंशी र लोचन यादवले पालैपालो गरेका थिए ।
प्रकाशित मिति: २०२३-०१-०१ , समय : १९:०१:५७ , २ वर्ष अगाडि