झापामा दिउँसै घरको ढोका फुटाएर ७ तोला सुन र नगद चोरी

झापा एक्सप्रेस , १५१४८  पटक हेरिएको

झापामा एक घरको ढोका फुटाएर दिउँसै सुन तथा नगद चोरी भएको छ । कनकाई नगरपालिका- १ स्थित जामुनवारी निवासी भरतराज अधिकारीको घरबाट सुन तथा नगद चोरी भएको प्रहरीले जनाएको छ ।

घरका सदस्यहरू बिर्तामोड गएको वेला घरको पछाडिको ढोकाको ताला फुटाएर कोठामा रहेको ७ तोला सुन, १० हजार नगद र केही कागजात चोरी भएको घरधनीकी छोरी सदिक्षा अधिकारीले जानकारी दिए । यता प्रहरीले सिसी टिभीको फुटेजलाई समेत आधार चोरी कार्यमा संलग्नको व्यक्तिको खोजी कार्य गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति: २०२३-०१-०३ , समय : २०:२४:५६ , २ वर्ष अगाडि

error: Content is protected !!